<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ बैशाख, काठमाडौं । </span></pre><p style="text-align: justify; ">कवि धर्मेन्द्र नेम्वाङको कविता कृति ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ सार्वजनिक गरिएको छ । सो कविता संग्रहमा कवि धर्मेन्द्रका नयाँ र पुराना गरेर कुल ३९ कविताहरु समावेश छन्। काव्यकृतिको विमोचन कार्यक्रममा वरिष्ठ कवि तथा पूर्व कुलपति बैरागी काइँला, कवि श्रवण मुकारुङ, सृजनशील अराजकताका अभियन्ता कवि हाङ्युग अज्ञात, लीलालेखनका अभियन्ता लेखक डा. रत्नमणि नेपाल र समालोचक अनुपमा रेग्मी उपस्थित थिए । मदन पुरस्कार विजेता तथा सृजनशील अराजकताका अभियन्ता मध्येका एक राजन मुकारुङले कार्यक्रम सञ्चालन गरेका थिए । कविता संग्रह ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’लाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।</p><div><br></div>







१७ बैशाख २०७६, मंगलवार ०५:४८ 








