गीतमा कान्छा र्यापरको दुःख

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

गायक तथा संगीतकार बिनोद ढकालले ११ वर्षीय बालक रोजन बराइलीलाई नेपालकै कान्छा र्याप गायकको रुपमा प्रस्तुत गरेका छन्। बाल्यकालदेखि नै र्याप संगीतमा आकर्षित भएका धादिङका बराइलीलाई गायक ढकालले आफ्नै संगीतको नया र्याप गीत ‘दुःख’ मार्फत सांगीतिक क्षेत्रमा ल्याएका हुन्।

गायक ढकालको समेत स्वर रहेको उक्त गीतमा कान्छा र्यापर बराइलीले र्याप हानेका छन्। उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। रमाइलो कुरा के छ भने उक्त गीतका रचनकार पनि ¥यापर बराइली नै हुन्। गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन छ। गायक ढकाल पछिल्लो समय आफ्नो लामो कपाल छोट्याएर चर्चामा आएका थिए। विवाह बन्धनमा बाधिनका लागि गायक ढकालले झण्डै एक दशकअघि पालेको कपाल काटेका हुन्।

‘दुःख’ को म्युजिक भिडियोलाई सोनम पाख्रिनले निर्देश्ँन गरेका हुन्। उक्त गीतमा ठिट्ठा साबको उपनामले चिनिने कलाकार किशोर भण्डारी, कविता आलेमगर तथा जोर्डन राजभण्डारीले अभिनय गरेका छन्। सञ्जित श्रेष्ठद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियो माधव बेल्बासेले सम्पादन गरेका हुन्।