नाकाबन्दी बिरुद्ध कलाकारहरु उत्रिए सडकमा, छिट्टै समस्या समाधान गर्न दबाव

...

nepali artistमंसिर ८, काठमाडौं । नेपालमाथि गएको दुई महिना देखि भारतले गरेको अघोषित नाकाबन्दीको बिरोधमा नेपाली कलाकारहरु सडकमा उत्रिएका छन् । यस अघि आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर छिटो भन्दा छिटो समस्या समाधान गर्न आग्रह गरेका थिए र समस्या झन् बढ्दै गएपछि कलाकारले आफुहरु जनतासँगै रहेको भन्दै सडकमा उत्रिएका हुन् ।

प्रधानमन्त्री वलीलाई भेटी ज्ञापन पत्र बुझाएर सुरु भएको ‘राष्ट्रिय जागरण अभियान’ मा आज मंगलबार दर्जनौं नेपाली कलाकार सडकमा उत्रिएका थिए । रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु भएको र्‍याली भद्रकाली, न्यूरोड, इन्द्रचोक हुँदै जमल पुगेर समापन भएको थियो । कलाकारहरुले नाकाबन्दी लगाउन पाइदैन, सार्वभौम राष्ट्रको आधार, हाम्रो स्वतन्त्रता हाम्रो अधिकार, हाम्रो मान हाम्रा सान, राष्ट्रिय अभियान’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।
nepali artist nakabandi birudhna sadak maaदेशको आन्तरीक समस्या जति सक्दो छिटो समाधान गरेर देशलाई जोगाउनुको विकल्प नरहेकाले नेताहरु गम्भीर हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् । चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान अन्र्तगत मंसीर १४ गते वृहत मानव साँङलो बनाउने घोषणा पनि आजै गरिएको छ ।