‘सानो मन’ गीत : ‘रानु कम्मर’मा आयुष्मान र शिल्पाको दमदार डान्स

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आइतबार राजधानीमा एक कार्यक्रमकाबीच आयुष्मान देशराज जोशी र शिल्पा मास्के अभिनित चलचित्र ‘सानो मन’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘रानु कम्मर’ बोलको गीतमा कल्याण सिंह र रोमन बज्राचार्यको संगीत रहेको छ भने रोमन बज्राचार्य, सिम्मा गुरुङ र सुयोग गुरुङको स्वर रहेको छ । रवी मल्ल र रोमज बज्राचार्यको शब्द समावेश गीतको भिडियोमा आयुष्मान र शिल्पालगायत अन्य कलाकारहरु फिचर्ड छन् ।

भिडियो बलिउड सुपरस्टार सलमान खानका प्रर्सनल डान्स ट्रेनर साजन सिंहले कोरियोग्राफी गरेका हुन् । उनले पहिलो पटक नेपाली सिनेमाको गीतमा कोरियोग्राफी गरेका हुन् । बलिउडका प्रख्यात कोरियोग्राफर रेमो डिसुजासँग आठ बर्षसम्म काम गरेका साजनले अहिले भने आफैले कोरियोग्राफी गर्दै आएका छन् ।

सुयोग गुरुङ्गले निर्देशन गरेको यस म्यूजिकल लभस्टोरी चलचित्र ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ। समिर सुनवार र निर्देशक गुरुङको लेखनमा चलचित्र बनेको छ । आलोक शुक्लाको छायांकन रहेको चलचित्रका  सहायक निर्देशक रित बोहरा हुन् ।

song: