‘घामट शेरे’मा निश्चल र स्वस्तिमा श्रीमान श्रीमती ?

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

अभिनेत्री स्वस्तिमा खड्का तथा कलाकार एवम निर्देशक निश्चल बस्नेतको प्रमुख भूमिका रहने चलचित्र  ‘घामट शेरे’ हाल छायांकनको क्रममा रहेको छ । करिब  १ महिनाको तालिका लिएर छायांकनका लागि सुर्खेत पुगेको यो टोलीले हाल  सुर्खेतमा आधा छायांकन सम्पन्न गरिसकेका छन् ।

‘घामट शेरे’को सुर्खेतमा छायांकन सकिएपछि काठमाण्डौंका पनि केही दृष्यहरु खिचिनेछ । पहिलो पटक स्वस्तिमा र निश्चलको फ्यानहरुले उनीहरुलाई पूरा चलचित्रमा एकसाथ देख्न पाउने भएका छन् । यि रियल जोडीले बिभिन्न म्युजिक भिडियो र चलचित्रको गीतमा भने एकसाथ अभिनय गरिसकेका छन् । चलचित्रमा भने पहिलो पटक उनीहरुले स्क्रिन सेयर गर्दैछन् ।

हेमराज विसीले निर्देशन गरिरहेको चलचित्र घामट शेरे’को एकगर्दै अर्को फोटो सार्वजनिक भइरहेको छ । सुर्खेतमा छायाँकन स्थलबाट उक्त फोटो सार्वजनिक गरिएको हो । फोटोमा रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई फोटो हेर्दा उनीहरुले चलचित्रमा पनि  श्रीमान-श्रीमतीको भूमिका निभाउन लागेका अनुमान गर्न सकिन्छ । तर चलचित्र टिमले उनीहरुको वास्तवीक भूमिका सार्वजनिक गरेको छैन ।