आवाज भारतसरकार समक्ष पुर्याउन सडकमा आयौः कोमल वली

...

komal-oli-in-jagaran-aviyanमंसिर ९, काठमाडौं । भारतले नेपालीमाथि गरेको अघोषित नाकाबन्दीको बिरुद्धमा नेपालीमा धेरै ठाउँबाट बिरोध प्रदर्शन भइरहेको बेला नेपाली कलाकारहरुले पनि बिरोध प्रदर्शनको र्याली गरे । मंगलबार काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको र्यालीमा दर्जनौं कलाकारका साथमा सयौं सर्वसाधारणको घुइँचो लागेको थियो ।

नेपालमा आउने अत्यावश्यक बस्तुमाथि भारतले गरेको हस्तक्षेपलाई नेपाली कलाकार मार्फत भारत सरकार समक्ष पुर्याउनका लागि र्याली गरीएको गायिका कोमल वलीको भनाई थियो । नेपालमा यतिखेर एकता र सभ्यम्ताको आवश्यकता भएको भन्दै प्रान्तको कुरा भन्दा पनि एउटै सिंगो नेपाल चाहिएको उनको भनाई थियो । साथै मंगलबार गरीएको र्यालीको उद्देश्यबारे सञ्चारकर्मि सँग कुरा गर्दै गायिका कोमल वलीले नेपाली कलाकार मार्फत भारत सरकारसम्म आवाज पुगोस भनेर सडकमा आएको बताएकी छिन् ।