द भ्वाइसको दोस्रो सिजन असारबाट

आर्टिष्ट खबर/जेठ काठमाडौं ।

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को दोस्रो सिजन आउँदो असारबाट प्रशारण हुने भएको छ । असारको दोस्रो साताबाट सुरु हुने यस प्रतियोगीताको डिजिटल अडिशन सम्पन्न भइसकेको र उक्त अडिसनबाट ११० जना प्रतिस्पर्धी छनोट गरिएको निर्देशक लक्ष्मण पौडेलले बताएका छन् । पौडेलका अनुसार डिजिटल अडिशनमा २ हजार २ सय सहभागी भएका थिए । आउँदो साताबाट ब्लाइन्ड अडिशनको सुटिङ सुरु हुँदैछ । ब्लाइन्ड अडिशनमा २२ हजारले सहभागिताका लागि आवेदन दिएका थिए । पहिलो सिजनमा १२ हजार सहभागी भएका थिए ।

गत वर्ष ब्लाइन्ड, ब्याटल र लाइभ शो हुँदै फिनाले भएकोमा सिजन–२ मा नक आउट चरण पनि थपिएको छ । सिजन–२मा लाइभ शोमा एकै दिन गत सिजनमा जस्तो चार जना बाहिरिने छैनन् । गत सिजनमा दीप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेल कोच रहेका थिए । यो वर्ष यी मध्ये दुई जना मात्रै दोहोरिने छन् । बुझिए अनुसार दीप श्रेष्ठ र प्रमोद खरेल दोहोरिनेछन् ।