नयाँ चलचित्र ‘माया बस्छ कि के हो’ घोषणा

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ जेठ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नयाँ चलचित्र ‘माया बस्छ कि के हो’ निर्माणको औपचारिक घोषणा गरिएको छ । जनकपुर मिडिया हाउस प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र शरद अधिकारीको प्रस्तुतिमा राजु अधिकारीले निर्देशन गर्दैछन् । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै छायांकन असारको दोश्रो साताबाट सुरु हुने बताइयो । साथै चलचित्रको निर्माण टिम र कलाकारहरु चिनाइएको थियो ।</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/34b9a7c4e758e59ef4d723b4c0ada07b1558255575.jpg" style="width: 1024px;"><br></p><p style="text-align: justify; ">चलचित्रमा सोनाल तामाङ, कस्मता निरौला, धु्रव दत्त, बेनी ढुंगानाको मुख्य भूमिका रहनेछ । बहादुर सिंह तामाङ, कृष्ण गिरी कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन रविन्द्र बरालले गर्नेछन् । आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगति रहने यो चलचित्रको छायांकन बेलायतमा हुनेछ ।</p>