अंकित र साम्राज्ञीको ‘रातो टीका निधारमा’ घोषणा

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

निर्देशक अशोक शर्माको निर्देशनमा बन्न लागेको चलचित्र ‘रातो टिका निधारमा’आउँदो दशैंमा प्रदर्शनमा आउने भएको छ । गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘जय भोले’ निर्देशन गर्दै  शर्मा एकैछोटी १२ वर्षपछि चलचित्र क्षेत्रमा फर्किएका हुन् । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको थियो ।

चलचित्रका निर्देशक अशोक शर्माले साम्राज्ञी आरएल शाहलाई लिड रोलमा चुनेका छन् । बुझिएअनुसार यस चलचित्रकालागि साम्राज्ञीले १६ लाख पारिश्रमिक लिएकी छिन् । उनी चलचित्रमा निर्देशक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिनेछिन् ।अंकितले यसअघि चलचित्र ‘जय भोले’ मा सहायक निर्देशक भएर काम गरेका थिए ।

यि दुईका अलवा चलचित्रमा बुद्धि तामाङ, खुश्बु खड्का, नीता ढुंगाना, रविन्द्र झा, शर्मा, लक्ष्मी गिरी, बसुन्धारा भुषाल, राजाराम पौडेल, शिवहरी पौडेललगायत कलाकारहरुको पनि अभिनय रहनेछ । यही जेठ १० गतेबाट छायांकन सुरु हुने चलचित्र कृति शर्माले निर्माण गर्नेछिन् । पूर्वका विभिन्न रमणिय स्थानमा चलचित्रको छायांकन हुने टिमले बताएका छन् ।

१२ वर्ष अगाडि प्रदर्शनमा आएको अशोक शर्मा निर्देशित चलचित्रुअल्लारेमा समावेश 'रातो टिका निधारमा'गीतलाई रि-एरेञ्ज गरेर यस चलचित्रमा राखिने स्रोतले जनाएको छ। शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत रहेको चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहनेछ भने मित्र देव गुरुङको सम्पादन रहनेछ । चलचित्रको गीतमा मेलिना राई, प्रमोद खरेल, निशान भट्टराई र अस्मिता अधिकारीको आवाज सुन्न सकिन्छ ।