‘पोइ पर्‍यो काले’को शुभ मुहूर्त, पूजाको जोडी आकाश कि सौगात ?

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नयाँ चलचित्र पोइ पर्‍यो काले’को शुभ मुहूर्त गरिएको छ । सोमबार राजधानीमो नयाँबजारमा एक कार्यक्रमका बिच चलचित्रको निर्माण टिम र कलाकार चिनाइयो । शिशिर राणाको निर्देशनमा बन्ने यो चलचित्रमा नायिका पूजा शर्मा, सृष्टि श्रेष्ठ, नायक आकाश श्रेष्ठ, सौगात मल्ल, हाँस्य कलाकार राजाराम पौडेल लगायतको मुख्य भूमिका रहनेछ ।

चलचित्रका नायिका पूजाको जोडीको रुपमा आकाश रहने छन् या सौगात भन्ने बिषयमा खुलाइएन । तपाईको जोडीको रुपमा सौगात जी हो भन्ने सञ्चारकर्मिहरुको जिज्ञासामा पूजाले प्रदर्शन मिति नै कुर्नुपर्ने बताइन् । बुझिए अनुसार पूजाको जोडी सौगातसँग बाधिनेछ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले संयूक्त रुपमा फिल्मको मुहूर्त गरेका थिए । यहि जेठ १३ गतेबाट छायांकनमा निस्किने यो चलचित्रको कथा पनि निर्देशक राणाले नै लेखेका हुन् । दिपक मनाङ्गे र अ। देवि राई निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार छन् । सह(निर्मातामा अर्जुन खनिया र देव तामाङ रहेका छन् । तारा प्रकाश ुकिम्भेु को सम्पादन रहने फिल्मको प्रस्तुतकर्तामा श्याम बहादुर थापा रहेका छन् । यो चलचित्रको प्रदर्शन मिति आउँदो कात्तिक ८ गते अर्थात दीपावलीलाई तोकिएको छ ।