‘काउसो’मा सविनको कमेडीसँगै एक्शन

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

चलचित्र ‘काउसो’मा नायक सविन श्रेष्ठको हाँस्य तथा एक्शन हेर्न पाइने भएको छ । निर्माण टिमले चलचित्रको सम्पुर्ण काम सकिएको जानकारी दिँदै सविनको भूमिकाको बिषयमा पनि केहि प्रकाश पारेको हो । सविनले अहिलेसम्म काम गरेका चलचित्र भन्दा यस चलचित्रमा आफ्नो भूमिका दर्शकले फरक देख्न पाउने बताए ।

चलचित्रका नायक सविन श्रेष्ठ यो चलचित्रमा एक्शन भूमिकामा रहेका छन् । उनलाई चलचित्रमा एक्शनसँगै हास्य प्रधान भूमिकामा पनि देख्न सकिन्छ । दर्शकले बिगतका फिल्म भन्दा काउसोमा आफुलाई फरक भूमिकामा देखिने सविनको भनाई छ । अर्का कलाकार ए गुरुङले पनि यो चलचित्रबाट आफुले दर्शकलाई मज्जाले हँसाउने जिकिर गरेका छन् ।

अर्नभ फिल्मस प्रोडक्सनको प्रस्तुति रहेको काउसोमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ,  रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नबिन आचार्य, सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनीका बास्तोला, उग्रसेन ढुंगाना,  अनु पराजुली, असिम तिमल्सिना सहितको अभिनय छ ।

चलचित्रको प्रस्तुतकर्ता अर्नभ बस्नेत र निर्माता राजेन्द्र बस्नेत, सिताराम तिमल्सिना ज्याक, भगवान खत्री हुन् । चलचित्र उपत्यका भित्र बिके फिल्मस र उपत्यका बाहिरको लागि एफडी कम्पनीले बितरण गर्ने भएको छ । चलचित्रमा संगीत बिकास चौधरीको, द्धन्द्ध निर्देशन शंकर महर्जनको, नृत्यमा बिक्रम स्वारको, छायाँकन रामेश्वर हुमागाईको, सम्पादन नबिन निरौलाको प्रोडक्सन डिजाईनर सुर्य बुढाथोकीको रहेको छ । चलचित्र यहि जेठ १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।