दिदीबहिनीले सुरु गरे ४० घण्टा नाँच्न

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

मयमा चन्द्रागिरी नगरपालिका वडा नं. ६, काठमाडौं निवासी बुवा शन्त प्रशाद श्रेष्ठ र आमा दुर्गा श्रेष्ठकी दुई छोरी रुबिशा र एलिशाले बिश्वकिर्तिमानी राख्नका लागी ४० घण्टाको नृत्य सुरु गरेका छन् । एक महिना अघिनै पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको यो कार्यक्रम शनिबार (जेठ ११)बाट सुरु भएको हो ।

नृत्यको बिधामा युगल नृत्य गरेर एकै घरका दुई दिदीबहिनीले गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन कस्सिएका हुन् । शनिबार बिहान ठिक ९ बजेबाट उनीहरुले नृत्य सुरु गरेका हुन् । रुबिशा र एलिसा यसअघि युएसको २८ घण्टा ३० मिनेटको रेकर्ड तोड्ने दौडमा छन् ।

कार्यक्रम पुर्व खेलकुद मन्त्री राजन कुमार केसीले समुद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै केसीले एउटा जोखिमपुर्ण काम गर्न लागेको भन्दै दुई दिदी बहिनीलाई सफलताको शुभकामना दिए । यस्तै चन्द्रागीरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, बुवा शन्त प्रसाद श्रेष्ठ, आमा दुर्गा श्रेष्ठ, संयोजक सन्तोष लामा, समाजसेवी सम्भुजन कार्की, टाईम किपर हरिचन्द्र लामा लगायतको उपस्थिती रहेको थियो ।

यसअघि नृत्य बिधामै नेपाली चेली बन्दना नेपालले पनि १ सय २६ घण्टा लगातार नाँचेर बिश्वकिर्तिमानी राखेकी थिइन् । बन्दनाको एकल नृत्य थियो भने रुबिशा र एलिशाले रेकर्ड राख्न खोजेको बिधा भनेश् युगल नृत्यको बिधा हो ।