‘हेलो जीन्दगी’मा श्वेताको स्थान ओगट्दै प्रियंका

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नायिका श्वेता खड्काको स्वास्थ्यमा अचानक समस्या आएपछि उनले चलचित्र ‘हेलो जीन्दगी’ बाट हात झिक्न बाध्य भएकी छिन् । केही समयअघि छायाँकनमा ब्यस्त रहेकी उनको अचानक घाँटीमा समस्या आएपछि युरोपमा भइरहेको छायाँकन छाडेर उनले दिल्ली पुगेर घाँटीको अप्रेसन गराइन्। उनको सफल अप्रेसन पश्चात उनी हाल वेड रेष्टमा छिन् ।

चलचित्रका निर्देशक तथा निर्माता एभ्रेष्ट सुर्य बोहोराले श्वेताको स्वास्थ्य ठिक हुन अझै समय लाग्ने भएपछि चलचित्रमा नयाँ नायिकाको प्रवेश गराएका छन् । श्वेताले लामो समयसम्म वेड रेष्ट लिन पर्ने भएपछि बोहोराले श्वेताको ठाँउमा नायिका प्रियंका कार्कीलाई भित्राएका छन् । श्वेताको अप्रेसनका कारण राकिएको छायाँकन हाल प्रियंका प्रवेश भएलगत्तै पुन सुरु भइसकेको छ । अब केही समय पछि श्वेताको स्थान ओगट्न प्रियंका युनिटसँग  युरोप जादैँछिन् । गएको बिहिबारबाट प्रियंका यस चलचित्रमा अनुबन्ध भएकी हुन् ।