मरेको समाचारले झन् चर्चित भएँ, फेरी फेरी यस्तै गर्दिनुहोलाः दिपकराज गिरी

...

बैशाख, काठमाडौं ।  मंगलबार दिपकराज गिरीको मृत्युको खबरले निकै ठुलो चहलपहल नै गरिदियो  हाँस्य कलाकार दिपकराज गिरी सँग नाम थर दुबै मिल्ने मानिसको सवारी दुर्घटनामा मृत्यु हुँदा कलाकार दिपकराज लाई भने मंगलबार दिनभरी हैरानी नै भयो । तितोसत्यको छायांकनमा व्यस्त रहेका कलाकार गिरीलाई एकोहोरो फोनको घण्टी बज्न थालेपछि यो कुरालाई नकारात्मक रुपमा नलिएर सकारात्मक रुपमै लिए । आफ्नो फेसबुक मार्फत कलाकार गिरीले यस्तो समाचारमा सनसनीपुर्ण हेडलाईन बनाएर मलाई झन् चर्चित बनाईदिनुभएकोमा धन्यवाद भन्दै आफ्नो फेसबुकमा लेखेका छन् ।

Deepak raj Giri

कलाकार दिपकराज गिरीको फेसबुक स्टाटस यस्तो थियो ।

हिजो अचानक म मरे………. फोन पनि आयो?
हैलो तपाइनै बोल्नु भाको हो? “हो म नबोलेर को बोल्छ त? शहरमा म मरेको समाचार फैलिएछ,
आफै मरेको ख़बर सुन्न पाउने थोरै भाग्यमानी ब्यक्तिमा परे। अझै केहि भ्रममा रहनु भएका शुभचिन्तकहरूमा म जिउदै रहेको जानकारी गराउन चाहन्छू साथै समाचारमा आएको कुरा अर्धसत्य रहेको कुरा पनि अबगत गराउछू, दीपकराज गिरी नामक ब्यक्तिको अबसान भएको हो तर म होइन गज्जबको सनसनीपूर्ण हेडलाइन बनाइ मलाइ चर्चित बनाइ दिनु हुने मिडियाहरूलाइ धन्यबाद भबिष्यमा पनि यस किसिमको सहयोगकोअपेक्षा  गर्दछू! साच्च्किकै दिवंगत दीपकराज गिरी प्रति समबेदना