निर्देशनमा होम्म्दिै खगेन्द्र

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

भर्सटायल अभिनेताको रुपमा परिचित खगेन्द्र लामिछानेले चलचित्र निर्देशनमा हात हाल्ने भएका छन् । उनी चलचित्र ‘पानीफोटो’ बाट निर्देशनमा औपचारिक रुपमा होमिने भएका हुन् । खगेन्द्रले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा ‘पानीफोटो’ बन्ने घोषणा गरेका छन् । आफै लिखित नाटकलाई उनले चलचित्रको स्वरुप दिएको बताएका छन् । ‘यो मेरो सपनानै थियो कि यसलाई चलचित्र बनाउने किनकी म यो कथालाई धेरै दर्शक माँझ पुर्याउन चाहन्छु’ उनले भने ‘मैले नाटक मन्चनकै समयमा यसलाई चलचित्र बनाउने निर्णय लिएको थिए।’ उनले चलचित्रमा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथालाई देखाउनेछन् । यो चलचित्र दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ को कथामा निर्माण हुनलागेको हो ।

खगेन्द्रले आफ्नो बाल्यकालका केही सम्झनाहरु पनि समावेश भएकाले ‘पानीफोटो’ नाटकलाई चलचित्र बनाउने सपना बनेको स्मरण गरे । उनले आफूले चलचित्र निर्माणमा लागेपछि सिकेका कुराहरुलाई सदुपयोग गरि इमान्दारिता पूर्वक ‘पानीफोटो’ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने यस चलचित्र रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् । चलचित्र सन् २०२० मा रिलिजगर्ने लक्ष्यनिर्माण टिमको छ । चलचित्र दीपक बज्राचार्यले खिच्नेछन्। भने, सम्पादन निमेष श्रेष्ठले गर्नेछन् ।

पुष्पा संगमले चलचित्रमा पाश्र्व संगीत दिनेछन् । चलचित्रमा खगेन्द्रसंगै सुनिल पोखरेल, अनुप बराल, निशाशर्मा पोखरेल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ । पशुपति प्रसाद र धनपति चलचत्रि निर्माण गरेको टुकी आर्ट्सले यस चलचित्र निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । चलचित्रमा लेखन पनि खगेन्द्रकै रहेको छ ।