‘जाइरा’ टीजरमा नम्रताको भिन्न-भिन्न लुक्स (Teaser)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

चलचित्र ‘जाइरा’ को अफिसियल टीजर सार्वजनिक भएको छ। आउँदो भदौ ६ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने यस चलचित्रको टीजर बुधवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरिएको हो । टीजरमा अभिनेत्री नम्रता श्रेष्ठ बिभिन्न  लुक्समा फिचर्ड छिन् । उनी चलचित्रमा मुख्य भूमिकामा रहेकी छिन् । नम्रताले ‘जाइरा’ मा मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छिन् भने नव-अभिनेता मगर, नम्रताको कोचको भूमिकामा छन्। त्यसैगरी नव-अभिनेत्री श्रृजना पनि चलचित्रमा खेलाडीकै भूमिकामा छिन्। नम्रता र श्रृजनासँगै चलचित्रमा प्रमोद अग्रहरी,अनुप बिक्रम शाही, रेमनदास श्रेष्ठ सहित नव-कलाकारहरु सुजता श्रेष्ठ र सम्राट मगरको प्रमुख अभिनय रहेको छ ।

आशुतोषराज श्रेष्ठले निर्देशन गरेको यस चलचित्रमा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा रहेको छ । नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लिको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा कटामरी फिल्म्सको सहकार्य रहेको छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, राउल मोक्तान र मेघवार चेम्जोङको द्वन्द्व रहेको छ। त्यसैगरी कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत र सम्राट बस्नेतको द्वन्द्व निर्देशन र केशव थापाको नृत्य निर्देशन रहेको यस चलचित्रकालागि नम्रताले आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बढाएकी थिइन् भने आफ्नो कपाल छोटो बनाएर काटेकी थिइन् ।