‘सारेगामापा लिटिल च्याम्पमा’मा प्रितम तेस्रो र आयुष चौथो

मुम्बई , एजेन्सी ।

आईतबार साँझ भारतीय रियालिटि शो ‘सारेगमप लिटिल च्याम्पमा’को बिजेता घोषणा गरिएको छ। कडा प्रतिस्पर्धा गर्दै फाइनलमा पुगेका नेपालका प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भएका छन्। उनीहरु जर्ज, दर्शक र भारतीय चर्चित गायक गायिकाहरूको मन जित्दै उनीहरू टप ६ मा पुगेका थिए। प्रितम र आयुषले अडिसन देखि नै उत्कृष्ट गित गाउदै फाइनल सम्मको यात्रा तय गरेका थिए। आइतबार साँझ ८ बजे जी टिभीबाट प्रसारण भएको चर्चित शोमा प्रितमले जितसंगै दुई लाख रुपैया भारूको चेक र ट्रफी पनि पाएका छन् । सरेगमापा लिल च्याप्म २०१९ को बिजेता भने १४ वर्षीय सुगन्धा बनेकी छिन भने मुहम्मद फेज दोश्रो बनेका छन । फाइनलमा ६ जना पुगेका थिए ।

फाइनलमा प्रितमले आफ्नो प्रस्तुतिले दर्शकलाई झुमाउन सफल बनेका थिए भने जज हरू मन्त्र मुग्ध बने,अतिथि गेस्ट शाहिद कपुरले निकै तारिफ गरे। कडा प्रतिष्पर्धाबीच फाइनलमा पुगेका प्रितम र आयुषको स्वरको जादूले नेपाली दर्शकको मन छोएको छ। सुनसरीको इटहरीका प्रितमले अडिसनदेखि नै जजहरुलाई प्रभावित पारेमा थिए । २०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदा देखि नै गीत गाउन थालेका थिए । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए ।