फिल्म ‘प्रेमगीत’को कभर गित गाउनेलाई १ लाख पुरस्कार दिइने

...

premgeet film song photoमंसिर ११, काठमाडौं । फिल्म प्रेमगीत को कभर गित गाउनेलाई नगद १ लाख पुरस्कार दिइने घोषणा गरीएको छ । सांगीतिक प्रेम कथामा तयार भएको सो फिल्मको म यस्तो गीत गाउछु, जुन प्रेमगीत बनोस बोलको गितलाई आफ्नो स्वरमा गाएर भिडियो बनाउने हरु मध्ये उत्कृष्ट एकलाई नगद १ लाख पुरस्कार दिइने निर्माणपक्षले जनाएको छ ।

आज राजधानीमा फिल्मको शिर्ष गितको भिडियो सार्वजनिक कार्यक्रममा कभर गित गाउनेलाई पुरस्कारको घोषणा सँगै फिल्मको प्रचारप्रसारको राम्रो बाटो रोजेको बुझ्न सकिन्छ । सहभागि हुन चाहानेहरुले
नोभेम्बर २७ देखि डिसेम्बर २६ सम्म भिडियो पठाईसक्नुपर्नेछ । फिल्मको उक्त गितमा अञ्जु पन्त र सुगम पोख्रेलको स्वर रहेको छ । डिसेम्बरदेखि जनवरी १ सम्म प्रतिस्पर्धामा आएका मध्येबाट उत्कृष्ट भिडियोहरुलाई युटुबमा राखिने निर्माणपक्षले जनाएको छ ।

preemgeet-song-lunch-फ्रेबुअरी १० मा सहभागी मध्येबाट उत्कृष्ट १० को घोषणा गरिनेछ भने मुल्यांकनकर्ता र दर्शकले युटुबमा हेरेको आधारमा फ्रेबुअरी १ मा उत्कृष्टको घोषणा गरिनेछ । उत्कृष्ट १० मा पर्ने सबैलाई एक थान मोबाइल सेट पुरस्कार दिइनेछ भने उत्कृष्ट २० मा पर्न सफल सहभागीमध्ये वैदेशिक शिक्षामा जान चाहनेलाई उचित छुटको व्यवस्था गरिने बताइएको छ ।

यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । आउँदो माघ २९ गतेबाट प्रदर्शनमा आउने उक्त फिल्ममा पूजा शर्मा र प्रदिप खड्काको मुख्य भुमिका रहेको छ । चलचित्रमा सरोज खनाल, रुपा राना, राजाराम पौडेलको पनि अभिनय देख्न सकिन्छ ।

शुक्रबार एक कार्यक्रम गरी सार्वजनिक गरीएको उक्त गितको भिडियो यस्तो छः