‘जाम्न माया जाम’मा पुष्प र साम्राज्ञीको दमदार डान्स (भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

आउँदो भदौ १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘मारुनी’को ‘जाम्न माया जाम’बोलको गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको गीतमा गायक दिपक बज्रचार्यको स्वर रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्काको नृत्य देख्न सकिन्छ । रिक्की शाक्यको शब्द रहेको गीतमा गायक बज्राचार्य स्वयंको संगीत छ ।  भिडियोमा प्रविन सिंहको कोरियोग्राफीमा पुष्प र साम्राज्ञीले आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।

पहिलो पटक डान्सिङ गीतमा कम्मर मर्काएकी साम्राज्ञीले यस गीतमा नृत्य गर्न निकै गाह्रो भएको बताइन् । ‘मारुनी’ लाई लिएर उत्साहित रहेका पुष्प र साम्राज्ञीले पहिलो पटक चलचित्र काम गरेका हुन् । उनीहरु एकअर्कासँग काम गर्न सहज भएको पनि बताउँछन् । यसमा अभिनेत्री रेविका गुरुङको पनि प्रमुख भूमिका छ । नारी संवेदनामाथि चलचित्र बनाउन सिपालु मानिने निर्देशक नवल नेपालले यस चलचित्र निर्देशन गरेका हुन् । यसअघि उनले चलचित्र ‘मंगलम’ निर्देशन गरेका थिए । पुनम गौतमले निर्माण गरेको चलचित्र सह–निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले चलचित्रको कथा लेखेका हुन् ।

song: