हलमा ‘प्रेम दिवस’सँगै ‘झट्का’ प्रर्दशनमा

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

आज शुक्रबार अर्थात जेठ ३१ गते  दुई चलचित्र  ‘प्रेम दिवस’ र ‘झट्का’ एकसाथ प्रर्दशनमा उत्रिएका छन् । कुनै प्रकारको प्रचार नगरी प्रदर्शनमा उत्रिएका दुबै चलचित्र सिंगल थिएटर मार्फत प्रर्दशन भइरहेको छ । वास्तविक जीवनमै प्रेमको सम्बन्ध बनाएका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेम दिवस’ योगेश घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रले दुई युवक एक युवतीसँग प्रेममा परेको कथा बोल्नेछ । रियल मोसन पिक्चर्स र एसएन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण भएको त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा प्रियंका,आयुष्मानसँगै विशाल खरेल, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेल लगायतको अभिनय रहेको छ । मानकृष्ण महर्जनले खिचेको यो चलचित्रमा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजको छ । चलचित्रमा द्धन्द्व  रोशन श्रेष्ठको छ भने चलचित्रको सम्पादन बनिष शाह र मिलन श्रेष्ठले गरेका छन् । चलचित्रको सहनिर्मातामा रमेश चौधरी र उत्सव ढकाल छन् । यस चलचित्रले भने सिंगल थिएटरसँगै मल्टीप्लेक्समा पनि न्यून पनि शो हात पारेको छ ।

त्यसैगरी समय सामयिक बिषय बस्तुमा आधारित चलचित्र ‘झट्का’ले काठमाडौँको रात्री जिबनको यथार्थ कथा भन्नेछ। चलचित्रलाई रमेश बिसुङ्खेले निर्देशन गरेको हुन। यस चलचित्रको निर्माता तुलसी लाल नेवा हुन भने कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् । चलचित्रमा सुरविर पण्डित,श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ ईश्वर गुरुङ, मनिता श्रेष्ठ, उमेश बिसुङ्खे हिक्मत, कुवँर प्रदिप काफ्लेको मुख्य भुमिका रहेको छ। चलचित्रमा पुरुषोत्तम न्यौपाने को संगित, सुरेश पाण्डे र कृष्ण ब्लोनको कोरियोग्राफी,द्वन्द सुरज श्रेष्ठको रहेको छ । चलचित्रलाइ जीवन पराजुली र बसन्त गौतमले छायांकन गरेका हुन् भने चलचित्रलाई रमेश बिसुङ्खेले सम्पादन गरेका हुन् ।