‘भोर्ले मेला’ स्याङ्जामा जानकी र अर्जुनको दमदार प्रस्तुती हुने

...

bhorle mela 2072मंसिर १२, काठमाडौं ।  स्याङ्जाको ओरस्टे-३ ठुलो भोर्लेमा हुन गइरहेको ‘भोर्ले मेला २०७२’ मा गायिका जानकी तारामी मगर र गायक तथा मोडल अर्जुन थापा मगरको दमदार प्रस्तुती रहने भएको छ । यहि मंसिर १४ गते बाट सुरु हुने भोर्ले मेलामा मंसिर १८ गते यि दुई कलाकारले आफ्नो प्रस्तुती देखाउने छन् ।

श्री सिर्जनशील युवा परिवारको आयोजनामा हुन गइरहेको ‘भोर्ले मेला’मा मंसिर १४ गतेबाट १८ गतेसम्म २९ टिमको सहभागितामा वार्ड स्तरीय भलिबल प्रतियोगिता हुने कार्यक्रमका संयोजक बिनोद थापा मगरले आर्टिस्ट खबरलाई बताए । साथै भलिबलमा उत्कृष्ट प्रथम, द्धितिय, तृतियर सान्तवना टिमलाई मंसिर १८ गते एक कार्यक्रम गरी पुरस्कृत गरीने संयोजक थापाले बताए । भलिबलमा सहभागि टिम मध्ये प्रथम टिमलाई नगद रु. ४३ हजार, मेडल र प्रमाण पत्र, त्यस्तै द्धितिय टिमलाई नगद रु. ३० हजार, मेडल र प्रमाण पत्र, तृतिय टिमलाई नगद रु. १८ हजार, मेडल र प्रमाण पत्र र सान्तवना हुने टिमलाई नगद रु. ८ हजार, मेडल र प्रमाणपत्र प्रदान गरीनेछ ।

एक दशक देखि बिभिन्न सामाजिक कार्य गर्दै आएको यस श्री सिर्जनशील युवा परिवारले गतबर्ष जस्तै आफ्नो बार्षिक कार्यक्रम यसबर्ष पनि गर्न लागेको कार्यक्रममा सह–संयोजक निखिल थापाले बताए । युवा परिवारको बारेमा बोल्दै संस्थाका अध्यक्ष भोज ब. थापाले प्रवासमा रहनुहुने नेपालीहरुको सहयोगमा कार्यक्रम गर्न लागिएको बताए । प्रवासमा रहेर पनि बिभिन्न सामाजिक कार्यको सहयोगमा सक्रिय बिर ब. थापा, दिल बहादुर ‘मुस्कान’, टेक ब. थापा, कृष्ण ब. थापा, नवराज थापा र सुरज थापाको सहयोगमा कार्यक्रम हुन गइरहेको हो । “देश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण नेपालीहरु जो बिगतमा पनि सहयोग गर्नुभयो उहाँहरुलाई पनि धेरे धेरै सम्झन चाहान्छु”, अध्यक्ष थापाले भने ।

कार्यक्रमका मुख्य आकर्षकका रुपमा रहने गायिका जानकी तारामी मगर र गायक तथा मोडल अर्जुन थापा मगरले आफ्नो प्रस्तुतीबाट उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिने बताईएको छ । गितसंगित क्षेत्रमा लामो समयदेखि चर्चा बटुल्दै आएकी गायिका जानकी पछिल्लो समय लोक तथा दोहोरी क्षेत्रमा लोकप्रिय छिन् । उनका चर्चामा रहेका लोकगित मध्ये पछिल्लो समय ‘ढाड दुखेर मार्यो’, ‘साइकल किन्न जाम’ तथा ‘पानी पुरी’ निकै चर्चामा छन् ।

त्यस्तै गायक तथा मोडल अर्जुन थापाले पनि आफ्नो प्रस्तुतीबाट उपस्थित दर्शकलाई मनोरञ्जन दिने बताएका छन् । अर्जुनका पछिल्लो समय चर्चामा रहेका गित मध्ये ‘कपुरी क’, ‘गफैले हुँदैन माया’ लगायतका गित हिट छन् । साथै अर्जुने नेपाली चलचित्र अर्थ यो प्रेमको का लेखक तथा नायक पनि हुन् ।
कार्यक्रमको अफिसियल मिडिया पार्टनरको रुपमा आर्टिस्ट खबर डटकमसाझासबाल डटकम रहेका छन् ।