टाइम्स स्क्वायरको उद्घाटनमा लाइभ कन्सर्ट

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

बालुवाटारमा सञ्चालनमा आएको टाइम्स स्क्वायर रेष्टुरेन्टले आफ्नो ग्राण्ड ओपनिङको अवसरमा यही असार ६ गते शुक्रवार र ७ गते शनिवार लोकप्रिय संगीतकर्मीहरुसहित लाइभ कन्सर्ट कार्यक्रम आयोजना गर्ने भएको छ । पहिलो चरणको कार्यक्रम अन्तर्गत दिउसो २ बजदेखि सााझ ६ बजेसम्म विभिन्न रमाइलाका कार्यक्रमहरुसहित म्युजिक प्ले तथा डिजे सेसन सञ्चालन गरिने छ । त्यसक्रममा लोकप्रिय डिजेहरुले बजाउने अत्याधुनिक संगीतमा नृत्य गर्न सकिनेछ।  असार ६ गते शुक्रवार साँझ ७ बजेदेखि ९ बजेसम्म सांगीतिक समुह ‘द इन्नोभ एट ब्याण्ड’ ले लाइभ कन्सर्ट प्रस्तुत गर्नेछ । त्यही दिन राती ९ बजेपछि लोकप्रिय गायक एड्रिन प्रधान तथा द कलेक्टिभ ब्याण्डले आफ्ना लोकप्रिय गीत–संगीतहरु प्रस्तुत गर्नेछन् ।

दोस्रो दिन अर्थात असार ७ गते शनिवारको कार्यक्रम पनि दिउँसो २ बजेदेखि नै प्रारम्भ हुनेछ । डिजे सेसनपनि ‘द रिलोडेड ब्याण्ड’ ले शनिवार साँझ ६ः३० बजेदेखि राती ९ बजेसम्म आफ्नो प्रस्तुती दिनेछ । शनिवार राती ९ बजेपछि लोकप्रिय गायक अनिल सिंहले आफ्नो प्रस्तुती दिने छन् । करिव सवा घण्टा लामो कन्सर्टका क्रममा गायक अनिल सिंहले आफ्ना लोकप्रिय गीत–संगीतमार्फत उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । गायक सिंहको प्रस्तुतीपछि समारोहस्थलमा डिजे सेसन सञ्चालन गरिने टाइम्स स्क्वायर रेष्टुरेन्टले जनाएको छ ।