जितु नेपालको आज जन्मदिन, कति लागे?

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

बिक्रम संवत २०३२ साल असार १ गते जन्मिएका हास्य कलाकार जितु नेपालको आज जन्मदिन परेको छ । आजबाट ४४ बर्ष लागेका उनी पिता शशिधर नेपाल र माता योगमाया नेपालको कोखबाट जन्मिएका हुन् । हास्य कलाकारको रुपमा स्थापित जितुको जन्मस्थल सिन्धुपाल्चोक हो । उनी परिवारको कान्छोे सन्तान हुन् । हाल मुन्द्रको कमेडी क्लब नामक हास्यव्यंग्य कार्यक्रम सञ्चालन गर्दै आएका जितुले टेलिसिरियल ‘ट्वाक्क टुक्क’बाट टेलिभिजनमा ब्रेक लिएका थिए ।

हास्य कलाकारको रुपमा स्थापित हुनुभन्दा अघि उनले  केही चलचित्रहरुमा काम गर्ने अवसर पाएका थिए । सँगालो, ट्वाक्क टुक्क, गीतान्जली, मुक्ति, जस्ता टेलिभिजनमा अभिनय गर्दै  ‘जिरे खुर्सानी’सम्मको यात्रामा आइपुग्दा उनी मुन्द्रे नामले चर्चित बने । उनी यस नामले चिनिएलगत्तै उनलाई स्टेज कार्यक्रमहरु, देश विदेशका बिभिन्न कार्यक्रमकालागि अफर आउन थाल्यो। त्यसपश्चात उनले दीपकराज गिरी र दीपाश्री निरौलाको टिमको चलचित्रमा अनुबन्ध भए । उनी हिट चलचित्र '६ एकान '६ ,'छक्का पञ्जा' र  'छक्का पञ्जा'को  दोस्रो र तेस्रो पार्टमा अभिनय गरे । जुन चलचित्र बल्कबस्टर हिट भयो । उक्त चलचित्रले  जितुको  करिअर थप सुनौलो बनेको उनी बताउँछन् । फेरी पनि उनी दीपक र दीपाको अर्को चलचित्र ‘छ माया छ पक्कैमा देखिने बताइएको छ । उनी उक्त चलचित्रको कार्यकारी निर्माता समेत हुन् ।

मुन्द्र नामले चर्चित हुनुभन्दा अघिपनि उनले बिभिन्न चलचित्रहरुमा काम गर्ने अवसर पाएका थिए । ती अवसरमा उनले ठूलो चलचित्र ‘दर्पण छायाँ’ हात पारे। चलचित्रमा सहायक अभिनेताको भूमिका निभाएका जितुले उक्त चलचित्रबाट दर्शक समिक्षक र निर्माणटिमबाट राम्रो प्रतिक्रिया पाएका थिए । तुलसी घिमिरेको निर्देशिन  ‘दर्पण छायाँ’ले नै उनको कलाकारितालाई माथि उठाएको उनले बिभिन्न अन्तरवार्तामा भन्दै आएका छन् ।  ‘दर्पण छायाँ’मा काम गर्नु अघि उनले १५ वटा चलचित्रमा सानोतिनो भूमिकामा काम गरीसकेका थिए । उनको व्यक्तिगत जीवनबारे कुरा गर्दा जितु दुई सन्तानका बुवा हुन् । १६ वर्ष कान्छी मुना राउत सँग उनले मागी बिवाह गरेका थिए । अहिले उनीहरुका १३ वर्षीया छोरी र ११ वर्षीय छोरा छन् ।