‘संगित उत्पादक समाज’मा निर्मल ढकाल बिजयी

...

nirmal dhakalमंसिर १२, काठमाडौं । गीतसंगीत व्यवसायमा लागेका संगीतकर्मीहरुको छाता संगठन संगीत उत्पादक समाज नेपालको पहिलो साधारणसभाबाट निर्मल ढकालले बिजय हासिल गरेका छन् । यसका साथै अबको नेतृत्व निर्मल ढकालले गर्ने भएका छन् ।

प्रतिद्वन्द्वी सुवास रेग्मीलाई पछि पार्दै निर्मल ढकालले आफ्नो नेतृत्व कायम राखेका हुन् । सुवास रेग्मीको प्यानल र निर्मल ढकालको प्यानलबाट उम्मेदवारी दिइएको थियो । जसमा रेग्मी प्यानलबाट एकजना सदस्य सुनिल लामिछानेले मात्र बिजयी हासिल गरे ।

nirmal dhakal

निर्मल ढकालको अध्यक्षतामा निर्वाचित भएको समूहमा उपाध्यक्षमा सूर्य एक्से मगर, महासचिवमा लक्ष्मण हुमागाईं, सचिवमा पर्शुराम रिजाल, कोषाध्यक्षमा कल्पना पौडेल देवकोटा सदस्यहरुमा हुम गैरे, राज शुक्र लिम्बू, खगेन्द्र याक्सोले रहेका छन् । जम्मा १०९ सदस्य रहेको उत्पादक समाजको पहिलो साधारणसभाबाट निर्मल ढकालको नेतृत्व आएको छ ।

चुनावबाट विजयी भइसकेपछि ढकालले उत्पादकहरुको संगीत रोयल्टी क्षेत्र पहिचान गर्ने, उत्पादकहरुको संगीत रोयल्टी याथशीघ्र वितरण गर्ने, उत्पादकहरुको हक हितको संरक्षण गर्ने, रोयल्टीको मापदण्ड निर्धारण गर्ने, जस्ता प्रतिबद्धता अघि सारेका छन् ।