५१ दिने दौडमा ‘जात्रै जात्रा’

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

जेठ ३ गतेबाट सार्वजनिक प्रर्दशनमा  आएको चलचित्र ‘जात्रै जात्रा’ले प्रर्दशनको ५१ दिन मनाउँने छाँटकाँट देखिएको छ । सँगै प्रर्दशनमा आएका अन्य चलचित्रले राम्रो ब्यापार नगरेको र बलिउड, हलिउड चलचित्रले समेत कुनै असर नपारेकोले  ‘जात्रै जात्रा’ पाँचौ हप्तामा प्रवेश गरिसकेको छ । पाँचौ हप्तामा आइपुग्दा पनि चलचित्र हेर्न दर्शकको बढ्दो क्रेज देखिएको छ । यसै कारणले केही हलहरुमा चलचित्रले ५१ दिनको यात्रा तय गर्ने अनुमान गर्न सकिन्छ ।

यसअघि प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा' र 'शत्रु गते’ले हलमा ५१ दिन मनाएका थिए । उक्त दुबै चलचित्रले ५१ दिन मनाइरहँदा उनी निर्देशित अर्को चलचित्र ‘जात्रै जात्रा’ले पनि ५१ दिन मनाउने छाँटकाँट देखिएको छ । प्रदिपले ५१ दिनको ह्याट्रिक गर्ने अनुमान गर्न सकिन्छ। ‘जात्रै जात्रा’ को पहिलो भाग ‘जात्रा’ बाट निर्देशक भट्टराईले चलचित्र निर्देशनमा डेब्यू गरेका थिए । यसपछि उनले ‘शत्रु गते’ पनि निर्देशन गरे। दुबै निकै सफल चलचित्रमध्यमा पर्न सफल भए । अहिले प्रर्दशनको क्रममा रहेको चलचित्र ‘जात्रै जात्रा’ अझ सफल बनिरहेको छ । समीक्षकले निकै रुचाएका यस चलचित्रमा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, वर्षा राउत, रविन्द्र सिंह बानियाँलगायतका कलाकारहरुको अभिनय रहेको छ ।