परिणीतिका लागी अर्जुन बेस्ट किसर

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेत्री परिणीति चोपडाले अभिनेता अर्जुन कपूर बेस्ट किसर रहेको बताएकी छिन् । परिणीतिले बलिउड अभिनेत्री नेहा धूपियाको एक शोमा गएका बेला अर्जुन कपूर र सिद्धार्थ मल्होत्रामा बेस्ट किसरको भन्ने प्रश्नमा अर्जुनको नाम लिएकी हुन् ।

शोमा नेहाले परिणीतिसँग सोधिन्, ‘सिद्धार्थ मल्होत्रा र अर्जुन कपूरमा को बेस्ट किसर ?’ परिणीतिले दुईसँग सबैभन्दा धेरै फिल्म गरेकी छिन् । उनले अर्जुनलाई ‘बेस्ट किसर’ बताइन् । परिणीतिले भनिन्, ’अर्जुन र मेरो एउटा छुट्टै प्रकारको रिलेशनसिप छ । ऊ मलाई जस्तो छु त्यस्तै रहन दिन्छ । अर्जुन र सिद्धार्थमा म अर्जुनलाई उत्कृष्ट किसर भन्छु । आशा छ अर्जुनले यो सुनिरहेको होला ।’ उनले दीपिका पादुकोणभन्दा पहिला आफूलाई शूजीत सरकारको फिल्म ’पीकू’ अफर आएको पनि खुलाइन् ।

अहिले ब्याडमिन्टन प्लेयर सायना नेहवालको बायोपिकको तयारीमा व्यस्त छिन् । चाँडै यसको छायांकन सुरु हुँदैछ । उनी आफ्नो तयारीको बारेमा सामाजिक सञ्जालमार्फत् फ्यानलाई जानकारी दिइरहेकी हुन्छिन् । परिणीतिले आफ्नो बेस्ट फ्रेन्ड सानिया मिर्जाबाट स्पोर्ट्सको विषयमा सल्लाह पनि लिइरहेकी छन् ।