फिल्महलमा जे देखियो- हिन्दीमा दर्शक पुगेन, नेपालीमा सिट पुगेन

...

nepali film vs hindi film
मंसिर १३, काठमाडौं ।  
कुनै बेला थियो नेपाली फिल्ममा दर्शक नभएर हिन्दिमा खचाचक दर्शक भरिने । तर पछिल्लो समय नेपाली फिल्मको क्षेत्र फस्टाउँदो क्रममा छ । हिन्दी फिल्मको मेकिंग र स्टोरी राम्रो हुन्छ भन्दै हिन्दिको टिकट काट्ने दर्शकहरु अहिले नेपाली फिल्म नै रोज्ने गर्छन् ।

गएको शुक्रबार बाट फिल्महलहरुमा जम्मा ३ वटा नयाँ फिल्म प्रदर्शन आएका छन् । जसमध्ये २ नेपाली छन् भने हिन्दि १ छ । नेपाली फिल्म ‘कबड्डी कबड्डी’ र ‘जाउ हिंड पोखरा’को कुरा गर्दा प्रचारप्रसारमा यि दुई एक अर्कामा कम छ्रनन् । शुक्रबार बिहानको शो बाटै हाउस फुल हुन सफल राम बाबु गुरुडले निर्देशन गरेको फिल्म ‘कबड्डी कबड्डी’ शनिबार साँझ सम्म करोड क्लबमा प्रवेश गरीसकेको छ ।
asta narayan pictures pvt. ltd. bypassशनिबार बिहानको कुरा गर्दा काठमाडौं बालाजुस्थित गंगाहल र बाईपासस्थित अष्टनारायण लगायतका हलहरुमा नेपाली फिल्ममा दर्शकले हाउस फुल भयो भन्दै फर्कनु परेको थियो । भने हिन्दी फिल्ममा सिट धेरैजसो खाली देखिन्थे । नेपाली फिल्म ‘कबड्डी कबड्डी’, ‘जाउँ हिड पोखरा’ र ‘परदेशी’मा दर्शकको संख्या उल्लेखनीय देख्न सकिन्थ्यो भने हिन्दी फिल्म ‘तमासा’मा नेपाली दर्शक निकै कम थिए । यसरी दिनप्रति दिन दर्शकको चाहाना अनुसारका फिल्म नेपाली बजारमा आउनेहो भने हिन्दि फिल्मसँग नेपाली फिल्मका निर्माताहरु डराउनु पर्ने देखिदैन ।