२९ दिनमै ‘रातो टिका निधारमा’को छायाँकन सम्पन्न

आर्टिष्ट खबर असार, काठमाडौं ।

गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘जय भोले’ निर्देशन गरेका अशोक शर्माकै निर्माण तथा निर्देशन रहेको चलचित्र ‘रातो टिका निधारमा’को छायाँकन सम्पन्न भएको छ । २९ दिनमा चलचित्रको छायाँकन सम्पन्न भएको हो । पूर्वको झापा तथा काठमाडौँका बिभिन्न ठाउँमा खिचिएको चलचित्रको समयमै छायाँकन सकिएको निर्देशकको भनाई छ । मौसमले पनि साथ दिएको र कलाकारको साथ सहयोगका कारण छायाँकन छिटो सकिएको उनले बताएका छन्।

सामाजिक कथा वस्तु समेटिएको यस चलचित्रमा निर्देशक शर्माका छोरा अंकित शर्मा र साम्राज्ञी आरएल शाहलाई लिड रोलमा छन्। यिनका अलवा चलचित्रमा  बुद्धि तामाङ, खुश्बु खड्का, नीता ढुंगाना, रविन्द्र झा, शर्मा, लक्ष्मी गिरी, बसुन्धारा भुषाल, राजाराम पौडेल, शिवहरी पौडेललगायत कलाकारहरुको पनि अभिनय रहेको छ।

१२ वर्ष अगाडि प्रदर्शनमा आएको अशोक शर्मा निर्देशित चलचित्र 'अल्लारे'मा समावेश 'रातो टिका निधारमा' गीतलाई रि-एरेञ्ज गरेर यस चलचित्रमा राखिएको स्रोतले जनाएको छ। शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत रहेको चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ भने मित्र देव गुरुङको सम्पादन छ। चलचित्रको गीतमा मेलिना राई, प्रमोद खरेल, निशान भट्टराई र अस्मिता अधिकारीको आवाज सुन्न सकिन्छ । चलचित्र यस वर्षको दशैंमा प्रर्दशन हुनेछ।