‘कबीर सिंह’को शानदार ओपनिङ

मुम्बई , एजेन्सी ।

बलिउड चलचित्र ‘कबीर सिंह’ले यतिबेला सिने वृत्त निकै तताएको छ। अभिनेता शाहिद कपूर अभिनित यस चलचित्रले शान्दार ओपनिङ गर्दै दर्शक र समीक्षकको जबरजस्त तारिफ पाइरहेको छ । प्रर्दशनको पहिलो दिनमै बक्सअफिसमा शानदार कमाइ गरेको यस चलचित्रमा सबै भन्दा बढी शाहिदको जबरजस्त अभिनयलाई रुचाइएको छ। उनले अभिनय गरेका सबै चलचित्रहरु मध्य ‘कबीर सिंह’ले बम्पर ओपनिङ गर्दै सबै रेर्कड तोडेको चौतर्फी चर्चा छ।

२१ जुन शुक्रवारबाट प्रर्दशनमा आएको यो चलचित्र यस बर्षको बम्पर ओपनिङ गरेको चलचित्रहरुको सुचिमा पर्न समेत सफल भएको छ। विश्वभरबाट चलचित्रलाई ३६ सय १६ स्क्रिन प्राप्त भएको छ भने भारतमा ३ हजार ३ सय २३ स्क्रिन प्राप्त भएको छ । पहिलो दिन नै भारतमा चलचित्र २० करोड २१ लाख कमाएको थियो । त्यसै गरी शनिवार प्रर्दशनको दोस्रो दिन चलचित्रले बक्सअफिसमा २२ करोड ७१ लाख कलेक्ट गरेको छ । हालसम्म चलचित्रले समग्रमा ४२ करोड ९२ लाख कमाइसकेको छ । तेलुगू चलचित्र 'अर्जुन रेड्डी'को हिन्दी रिमेक यस चलचित्र कबीर राजवीर सिंह नाम गरेको एक डाक्टरको कहानीमा घुमेको छ । लबस्टोरी फ्लेवरको ‘कबीर सिंह’मा अभिनेत्री कियारा आडवाणीले शाहिद कपूरकी प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन्।