‘कालो पोथि’सँगै जापानमा बेनिशा

...

Benisha hamal in japan with kalo pothi nepali movieमंसिर १३, काठमाडौं । नायिका वेनिशा हमाल आफुले अभिनय गरेको फिल्म ‘कालो पोथि’ लिएर केहि साता अघि जापान पुगेकी थिइन् । जापानमा उनले अभिनय गरेको फिल्म ‘कालोपोथि’ एक साता चलेको ‘टोकियो फिल्म फेस्टिबल’मा प्रदर्शन गरिएको थियो ।

नेपालको तर्फबाट कालो पोथीले प्रतिनिधित्व गरेको उक्त फिल्म फेसिटबलमा विभिन्न देशका ३० वटा चलचित्रहरु सहभागि थिए । जसमध्ये ९ वटा चलचित्र प्रतिस्पर्धामा थिए । निर्देशक मिनबहादुर बम, निर्माता देवकी राई, अनुप थापा र वेनिशा महोत्सवमा सहभागी हुन जापान पुगेका हुन् । उक्त फेस्टिबलबाट ‘कालो पोथि’ले भने कुनैपनि अवार्ड जित्न सकेन ।

नोभेम्बर २२ बाट सुरु भएको महोत्सव नोभेम्बर २८ मा सकिएको छ ।