‘प्रेमगीत-३’मा अनुभव रेग्मी भित्रीए

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

सन्तोष सेन निर्माता तथा निर्दे शक रहेका चलचित्र ‘प्रेमगीत-३’मा चर्चित बाल कलाकार अनुभव रेग्मी भित्रीएका छन् । अनुभवले मुख्य अभिनेता प्रदीप खड्काको बाल्य अवस्थाको भूमिका निर्वाह गर्ने बताइएको छ । सेनका अनुसार मंगलबार साँझ बाल कलाकार अनुभवसँग सम्झौता गरिएको हो । सेनले अनुभव रेग्मी चलचित्रमा प्रवेश गरेपश्चात चलचित्रमा अनुभवको कस्तो भूमिका रहनेछ भन्ने प्रश्नमा केही बोलेका छन् । 'अनुभवले चलचित्रमा बाल्य अवस्था अर्थात ‘प्रेम’को भूमिका निभाउने छन् । सानो हुँदाको ‘प्रेम’को भूमिकामा अनुभव अत्यन्त फिट हुने हुनाले हामीले अनुभवसँग सम्झौता गरेका छौं ।'

केही अघिदिन मात्रै यस चलचित्रमा अभिनेता प्रदीप खड्काको पिताको भूमिकाकालागि महानायक राजेश हमाललाई प्रस्ताव राखिएको थियो । तर हमालले आफ्नो समय निकै टाइट रहेको भन्दै उक्त चलचित्रबाट पन्छिए । उनले चलचित्र छोडे लगत्तै उनको  भूमिकामा उनकै समयका चर्चित अभिनेता शिव श्रेष्ठ अनुन्धित भएका थिए । चलचित्रमा शिवको भूमिका छोटो रहनेछ । उनले राजाको भूमिका निभाउनेछन् । उनको छोरा  राजकुमारको भूमिकामा प्रदीप र नव-अभिनेता मनिष राउत देखिनेछन् । पछिल्लो समय चलचित्र बागमतीमा देखिएका शिवको प्रवेशले निर्माण टिम दंग छन् । चलचित्रको भूमिका छोटो भएपनि कथा मन परेका कारण आफु चलचित्रकलागि तयारी रहेको उनले बताएका छन्। चलचित्रमा शिवसँगै अर्का चर्चित कलाकार सुनिल थापा पनि केहीदिन अघिमात्रै भित्रिएका छन् । भारतिय चलचित्रमा समेत काम गरेका सुनिलको पनि चलचित्रमा खास भूमिका रहेको निर्माता सन्तोष सेनले बताएका छन् । छेतन गुरुङ्ग र सन्तोष सेनको संयुक्त निर्देशन रहने यस चलचित्रको कथा छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेका हुन्। २ सय वर्ष पुरानो प्रेमकथामा आधारित चलचित्र निर्देशक सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दैछन् । ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको  ‘प्रेमगीत ३’ नेपाली नयाँ वर्षको छेको पारेर चैत २८ गतेबाट प्रदर्शनमा आउनेछ ।