एक साता पछि धकेलियो ‘सानो मन’

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनित चलचित्र 'सानो मन’ असार २० गतेबाट पछि धकेलिएको छ। एक साता पछि सर्दै चलचित्र असार २७ मा प्रर्दशनमा आउने भएको छ । निर्माण पक्षको भनाईलाई बिश्वास गर्ने हो भने प्राविधिक पाटोमा काम गर्न समय अझै लाग्ने भएपछि चलचित्रको प्रदर्शन मिति सारिएको हो। आतुर गरेर चलचित्र प्रदर्शन गर्दा चलचित्रको क्वालिटि नराम्रो हुने हुँदा दर्शककालागि प्राविधिक सुधार गरी एक हप्ता ढिलो चलचित्र प्रर्दशन गर्ने निर्माता राजेन्द्र मानन्धरले बताएका छन् ।

सुयोग गुरुङ्गले निर्देशन गरेको यस म्यूजिकल लभस्टोरी चलचित्र ओ.पि.ज. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो । समिर सुनवार र निर्देशक गुरुङको लेखनमा बनेको चलचित्रमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। आलोक शुक्लाको छायांकन रहेको चलचित्रका सहायक निर्देशक रित बोहरा हुन् ।