आज बेलुकादेखि लोकस्टार प्रशारण हुने

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

लोक गायन रियालिटी सो ‘नेपाल लोकस्टार’ आज साँझबाट प्रशारण हुने भएको छ । कार्यक्रम संयोजक सहदेव कोइरालाले जानकारी दिए अनुसार अबदेखी प्रत्येक बिहीवार र शुक्रवार बेलुका ८ः३० बजे एपीवान एचडी र रमाईलो एचडीवाट कार्यक्रम प्रशारण हुनेछ। लोकस्टार युट्युब च्यानलवाट पनि सोही समयमा लाइभ प्रशारण हुने बताइएको छ।

जज अडिसनबाट कार्यक्रममा १०९ जना प्रतिस्पर्धी छानिएका थिए । १०९ मध्ये ३ जनाले गोल्डेन स्टार पाएका थिए भने २२ जना अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका थिए । गोल्डेनस्टार पाउने सहित  २५ प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि भिड्ने छन्।

लोकसंगीतको विकास र प्रवद्र्धनमा लागेको चाहना मिडियाले कार्यक्रमको आयोजना गरेको हो। मुलुकका विभिन्न भागमा सुनिने गाईने लोकसंगीतलाई लोकस्टारमा समावेश गरिने आयोजकको योजना रहेको छ । जयनन्द लामा, बीबी अनुरागी, रामजी खाँण र सुनीता दुलाल प्रतियोगिताको निर्णायकमा रहेका छन्। प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः ५० लाख, २५ लाख र १० लाख रुपैयाँ प्रदान गरिने छ।