वर्ल्ड नेपाली म्यूज़िक अवार्डको दक्षिण कोरिया संयोजकमा ओम् जुगजाली चयन

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

आगामि नोभेम्बरमा अमेरिकाको न्युयोर्कमा सम्पन्न हुन गइरहेको ‘वर्ल्ड नेपाली म्यूज़िक अवार्ड २०१९’का लागी बिभिन्न देशहरुमा संयोजक चयनको क्रममा दक्षिण कोरीयाका लागी सफल व्यवसायी तथा समाजसेवी ओम् जुगजाली मगर  चयन भएका छन् ।

लामो समय देखी कोरियामा बसोबास गर्दै आएका ओम् कोरियामा रहेको नेपाली समाजहरूको एक क़ुसल अभियन्ताको रुपमा पनि चिनिदै आएका छन् । एनआरएन कोरियाको वरिष्ठ उपाध्यक्ष तथा  कार्यवाहक अध्यक्ष भइसकेका उनी  मोना अन्तर्राष्ट्रिय उपाध्यक्ष, मोना कोरियाको सल्लाहकार, एनआरएन कोरियाको वर्तमान सल्लाहकार, मगर संघ कोरियाको सल्लाहकार र विशेष गरेर कोरियन हरूक़ो क्लब याङज़ू रोटरी क्लबको बोर्ड सदस्य पनी हुन् ।

सफल व्यवसायी ओम ‘ओजे’ ग्रुपको अध्यक्ष, ओजे कस्मिटिकको अध्यक्ष, ओजे ट्रेडिंङ कम्पनी लिमिटेडको अध्यक्ष, ओजे मार्टको अध्यक्ष, हिमालयन किचेन रेष्टुरेन्टको संचालक पनि हुन् । ओजे ग्रुपको नेपालको थूप्रै हाईट्रोहरूमा लगानी रहेको छ भने ओजे कस्मिटिकको नेपालमा काठमाडौं, चितवन र पोखरामा पनि ब्यवसाय रहेको छ ।

अब ‘वर्ल्ड नेपाली म्यूज़िक अवार्ड २०१९’का लागी दक्षिण कोरिया संयोजकमा चयन भएसँगै ओमले अवार्ड सम्पन्न गर्नका लागी दक्षिण कोरियाबाट ठुलो भूमिका निभाउने छन् । यसअघि अस्ट्रेलियाका लागी संयोजकमा इन्दिरा रोका चयन भएकी थिइन् भने अन्य देशमा पनि संयोजकहरु चयनको कार्य भइरहेको अवार्ड संयोजक सुमन बुढा मगरले आर्टिष्ट खबरलाई जानकारी दिए । ‘यो किसिमको अवार्ड अमेरिकामा पहिलो पटक गर्दैछौं त्यसैले भब्य र सब्य बनाउनका लागी थुप्रै देशमा संयोजकहरु चयन भइरहनुभएको छ ।’ सुमनले भने । ‘छिट्टै नै अन्य देशका संयोजकहरुको पनि नामावली सार्वजनिक गर्नेछौं ।’

फर्म कहाँ पाइन्छ र कसरी भर्ने ?

यस ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’मा जम्मा १३ बिधा छुट्टाइएको छ । यहि कुनैपनि कलाकारले उक्त बिधामा रहेर आफ्नो सिर्जनाबाट अवार्डको फर्म भर्न चाहानुहुन्छ भने यस अवार्डको अफिसियल वेवसाइट (https://wnmusicaward.com/#/ ) मा गएर सजिलै फर्न सक्नुहुनेछ । फर्म भरिसकेपछि नेपाल भित्रबाट ग्लोबल आईएमई र नेपाल बाहिरबाट टिडी बैंकमार्फत नेपाली दुई हजार रुपैंया डिपोजिट गर्नुपर्नेछ । यस्तै ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’को काठमाडौं चाबहिलस्थित गणेशमन्दिर छेउमा रहेको प्रधान कार्यायलमार्फत पनि फर्म सजिलै पाउन सक्नुहुनेछ ।

बिधाहरु यसप्रकार रहेका छन्ः

१. उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिला

२. भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला

३. आधुनिक गीतः पुरुष र महिला

४. लोक दोहोरी गीतः पुरुष र महिला

५. लोक गीतः पुरुष र महिला

६. गीत्कार

७. संगीतकार

८. म्यूजीक भिडियो निर्देशन

९. संगीत संयोजन

१०. लोपन्मुख गीतः पुरुष र महिला

११. पप गीतः पुरुष र महिला

१२. लोक गीत लय संकलक

१३. म्युजीक भिडियो मोडलः पुरुष र महिला

आर्टिष्ट खबर डटकम र हिमालय टाइम्स राष्ट्रिय दैनिक ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’को अफिसियल मिडिया पार्टनरको रुपमा रहेका छन् ।