‘भारत’ र ‘उरी’ भन्दाअघि ‘कबीर सिंह’,कमायो दुई हप्तामा दुई सय करोड

मुम्बई,एजेन्सी ।

बलिउड चलचित्र ‘कबीर सिंह’ले प्रर्दशनको तेह्रौं दिनमा २ सय करोड कमाउन सफल भएको छ। लगातार आक्रमक ब्यापार गर्दै आएको यो चलचित्र यस वर्षको सबभन्दा चाँडो दुई सय करोड कमाउने पहिलो सुचीमा पर्न सफल भएको छ। प्रर्दशनको पहिलो दिन नै भारतमा २० करोड २१ लाख कमाएको यस चलचित्रले दोस्रो हप्तामै २ सय ६ करोड ४८ लाखको ब्यापार गरेपछि निर्माण पक्ष निकै दंग देखिन्छन्। चलचित्रले प्रदर्शनको पहिलो हप्तानै बक्सअपिसमा १ सय ३४ करोड ४३ लाखको व्यापार गरेको थियो । भारतिय मिडियाका अनुसार 'कबीर सिंह'ले सलमान खानको भारत र विक्की कौशलको 'उरी' लाई समेत पछि पारेको बताएको छ । 'कबीर सिंह'ले १३ औं दिनमा दुई सय करोड कमायो भने 'भारत'ले १४ दिनमा र 'उरी'ले २८ दिनमा दुई सय करोड कमाएको थियो।

‘कबीर सिंह’अभिनेता शाहिद कपूर को पहिलो चलचित्र हो जून चलचित्रले पहिलो पटक बक्सअपिसमा २ सय ब्यापार गरेको छ । यस चलचित्रको सफलतापछि शाहिदको खुसीको पनि सीमा छैन। किनकी यसअघि उनी बलिउड बाट लगभग हराइसकेका थिए । अहिले उनी चलचित्रको सफलताबाट निकै खुसी भएको बताउँछन्। साथै ‘कबीर सिंह’ को सफलतापछि बलिउड इन्डस्ट्रीमा शाहिदको अचानक डिमान्ड बढेको भारतिय मिडियाले जनाएको छ । उनले अब आफूले अभिनय गर्ने चलचित्रमा लिदै आएको पारिश्रमिक भन्दा दोब्बर पारिश्रमिक लिने बताएका छन् । यसअघि उनले एक चलचित्रमा काम गरेको १० देखि १२ करोडसम्म पारिश्रमिक लिँदै आएका थिए भने अब चलचित्रका लागि २१ करोड पारिश्रमिकको माग राखेको खबरले बलिउड निकै तातेको छ । यो वर्ष सबभन्दा धेरै कमाउने चलचित्रको अहिलेसम्मको तथ्यांक हेर्दा यो वर्ष सबभन्दा धेरै कमाउने चलचित्र 'उरी' रहेको छ । तर ‘कबीर सिंह’को यस्तै रफ्तार चलिरहेमा उरीलाई पछि पार्ने सम्भव देखिएको छ।