नाटक ‘अझै दुख्छ घाउमा’ द्धन्द्धको पिडा

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

द्वन्द्व पिडितहरुको अवस्थालाई चित्रण गर्ने नाटक ‘अझै दुख्छ घाउ’ शैली थिएटरमा मञ्चन गरिएको छ । महिला, कानुन र विकास मञ्चले आयोजन गरेको फोटो प्रदर्शनीको उद्घाटन समारोहमा नाटक मञ्चन गरिएको हो। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको पाँच दिनसम्म चल्ने यो कार्यक्रममा नाटक मञ्चनसँगै द्वन्द्व र द्वन्द्व पिडितबारे फोटो प्रदर्शनी, वृतचित्र प्रर्दशन र छलफल चलाइनेछ ।

शैली थिएटरका कार्यक्रम संयोजक नारायण न्यौपानेको लेखन तथा निर्देशनमा यो नाटक तयार पारिएको हो । संयोजक न्यौपानेका अनुसार द्वन्द्व पिडितहरुको कथा नाटकमा हेर्न पाइनेछ । नाटकको कथा बारे उनी भन्छन्, ‘नाटकमा राधिका (प्रियंका चौधरी) र उसका बुवा लोकबहादुर (देबेन्द्र बब्लु) कुनै गाउँमा सरल जीवन बाँचिरहेका हुन्छ्न् । देशमा द्वन्द्व चलिरहेको बेला गाउँमा बस्न गाह्रो हुन्छ । सामाजिक काम गर्न लोकबहादुरलाई गाह्रो पर्छ । उसलाई चन्दा नदिएको नाममा पटक पटक धम्की दिने काम हुन्छ । राधिका पनि स्कुल जान पाउँदिन, उसका साथीहरूलाई कार्यक्रम लग्ने नाममा जङ्गल लगेर बन्धुक बोक्न लगाइन्छ । उ भागेर बाच्छे । यता उसको बुवा लोकप्रसादलाइ भने भौतिक कारबाही गरिन्छ । बुवालाई खोज्ने क्रममा राधिकालाई प्रशासनले समात्छ र बुवाले बिद्रोहिलाइ सहयोग गरेको नाममा जेलमा राखिन्छ । जेलमा उनलाई पटकपटक बलात्कार गरिन्छ । उनको अवस्था कविता मार्फत प्रस्तुत गरिएको छ ।’ नाटकले द्धन्द्धका क्रममा मानसिक सन्तुलन गुमाएकी राधिका र तहसनहस भएको उनको परिवारको पिडालाई प्रस्तुत गरेको उनले बताए । नाटकमा प्रियंका चौधरी, देबेन्द्र बब्लु, सुवास सुवेदी, रोबिन तामाङ, करिश्मा केसी, सुरन्जन शर्मा, राज सुवेदी, निर्भिक भट्टराई, रुपक काफ्ले, प्रकृस्ट रेग्मीको अभिनय रहेको छ ।