मल्लिका बनिन् ‘नेपाल स्टार मोडल’

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

‘२०१९’को उपाधि मल्लिका बुढाथोकीले जितेकी छन्। मोस्ट ब्युटिफुल उपाधि समेत हात परेकी बुढाथोकी १५ प्रतियोगीलाई पछि पार्दै शिर्ष बिजेता हुन सफल भएकी हुन्। राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित अन्तिम स्पर्धामा सृजना मैनाली फष्टरनर अप र सुभाष तामाङ सेकेन्ड रनरअप घोषित भए। मैनालीले बेष्ट वाक, मोस्ट फ्रेण्ड्ली उपाधि समेत हात पार्दा तामाङले मोस्ट कन्फिडेन्ट उपाधिमा  चित्त बुझाए ।सिद्धि मिडिया आयोजक रहेको प्रतियोगितामा सागर श्रेष्ठले मल्टिमिडिया च्वाइस, भ्युयुर च्वाइस्, मोस्ट पपुल र मोष्ट ट्यालेनट समेत गरि ४ उपाधि हात पारे ।

पुर्व प्रधान सेनापती रुकमाङ्गद कटुवाल मुख्य अतिथि रहेको कार्यक्रममा अभिनेत्री संचिता लुईटेल, समाजसेवी कृष्ण देवकोटा, नेपाल्स् चब्बी मोडलको फष्टरनरअप मिनु तामाङ, जीना ताम्राकार, अनिल विर सिंह तुलाधर प्रतियोगिताको निर्णायकमा रहेका थिए ।

१६ देखि ४० वर्षसम्मका विवाहित, अविवाहित विद्यार्थी, गृहणी, कामकाजी ब्यक्ति, शिक्षक, कर्मचारी, ब्यबसायी लगायत सबैका प्रकारका ब्यक्तिहरुको ब्यक्तित्व बिकाशका लागि उपयुक्त प्लेटफर्म दिने उदेश्यले प्रतियोगिता आयोजना हँुदै आएको आयोजक सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए । सचु गुरुङको कोरियोग्राफी रहेको प्रतियोगिता बिभिन्न संगीतिक कार्यक्रम सहित आयोजना भएको थियो।