‘झिङ्गेदाउ’मा मुकुनको जोडी केकी

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चलचित्र ‘बुलबुल’बाट डेब्यु गरेका अभिनेता मुकुन भुसालको अभिनय रहने चलचित्र ‘झिङ्गेदाउ’मा अभिनेत्री केकी अधिकारी फाइनल भएकी छन् । निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन रहने यस चलचित्रमा केहि दिन अघि केकीले चलचित्र साइन गरेको देउजाले बताएका छन् । चलचित्रमा मुकुन र केकीले जोडी बाँध्नेछन्।

चलचित्रको कथा अनुसार क्यारेक्टरमा डुब्न सक्ने कलाकारको खोजि गरिरहँदा केकी चलचित्रका लागि फिट रहने बिश्वास गर्दै केकीलाई फाइनल गरेको  ज्ञानेन्द्रले बताएका छन् । यि दुई बाहेक चलचित्रकालागि अन्य तीन कलाकार फाइनल भइसकेका छन् । हालै निर्माण टिमले सबै कलाकार सार्वजनिक गर्न चाहेका छैनन् । चलचित्रको बिषयलाई लिएर भव्य प्रेसमिट राख्दै अन्य कलाकार चिनाउने निर्माण टिमको सोच रहेको छ। भदौदेखि छायाँकन शुरु गरिने यस चलचित्रमा निर्देशक स्वयमको निर्माण रहनेछ । अर्जुन पोखरेलले संगीत र प्रदीप भारद्वाजको पटकथा र संवाद रहने यो चलचित्र कपन गढी सिनेमा प्रा.लि.को व्यानरमा निर्माण हुनेछ ।