‘इलिसियन’ सामूहिक कला प्रदर्शनी सुरु

आर्टिष्ट खबर/ असार, काठमाडौं

कमलपोखरीस्थित रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रमा ‘इलिसियन’ शीर्षकमा सामूहिक कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी न्यु समिट कलेज÷युनिभर्सल कलेज मैतिदवी, रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र र नेपाल रसिया आर्ट क्लबले संयुक्त आयोजना गरेका हुन्। प्रदर्शनीको मंगलबार नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव बिपिनकुमार घिमिरेले उद्घाटन गरेका थिए । कार्यक्रममा घिमिरेले कलाको अन्तर्राष्ट्रिय भाषा हुने भएकाले यसले देशको पहिचानलाई फैलाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए । त्यस्तै, रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रका डेपुटी डाइरेक्टर एलेक्सी कोटल्यारोमले कलाले मानिसलाई अन्तर्राष्ट्रिय रुपमा जोड्ने बताए ।

प्रदर्शनीमा हरिहर खत्री, मिङ्मा तामाङ, सुजल श्रेष्ठ, ओमप्रकाश सिंह, विशाल सुवेदी, कर्णजंग नेपाली, नवीन घर्तीमगर, विजय रिजाल, कृतिशा चुल्याद्य, सहिल शाही ठकुरी, राम घलान, आश्वासन मिश्र, निकिता श्रेष्ठ, नवीन नापित, साहिल महर्जन, पूर्णिमा राई, हरिराम चौधरी, सुचान महर्जन, प्रभात राई, असिमता राई, बिदेल राई, कृति तिमिल्सिना, आशिष धिमाल, पासाङ डोल्मा शेर्पा लगायतका कलाकार सहभागी छन् । प्रदर्शनी एकसाता सम्म चल्नेछ ।