शिवहरीको ‘लक्का जवान’मा प्रियंकाको इन्ट्रि

आर्टिष्ट खबर/ असार,काठमाडौं।

अभिनेत्री प्रियंका कार्की हाल समलिंगी महिलाको प्रेम कथामा बन्ने 'जस्टअनादर लभ स्टोरी' नामक वेभ सिरिजको स्क्रिप्टमा ब्यस्त छिन् । उक्त सिरिज उनले आफैले निर्देशन गर्नेछिन्। यसैबीच उनी एक कलाकारको ठूलो जमघट रहने चलचित्रमा भित्रिएकी छिन्। उनले हास्यकलाकार शिवहरी पौडेलले निर्देशन गर्न लागेको चलचित्र ‘लक्का जवान’मा अभिनय गर्न लागेकी हुन् । यसअघि हिट चलचित्र ‘छक्का पञ्जा’मा प्रियंकाले शिवहरी सँगै काम गरेकी थिइन्।

अभिनयका साथसाथै चलचित्र निर्माण र निर्देशनमा समेत हात हाल्न आँट गरेका पौडेलको निर्देशन रहँने यस चलचित्रमा सह-निर्माताका रुपमा अभिनेता दीलिप रायमाझी र किरण केसी रहेका छन्। बुधबार प्रियंकासँग केसीको कार्यालयमा चलचित्र निर्माण टिमले कागजी सम्झौता गरेको थियो। निर्माण टिमले उनको चलचित्रमा कस्तो भूमिका रहन्छ भन्नेबारे अहिले केही जानकारी दिएको छैन। चलचित्रमा अझै दुई अभिनेत्रीको प्रवेश हुने बताइएको छ। अन्य कलाकार र प्राविधिक पक्षबारे पछि जानकारी दिने निर्माण पक्षले बताएको छ। ‘लक्का जवान’मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ। आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने यस चलचित्रमा निर्देशक शिवहरीले अभिनेता दीलिप रायमाझीकी छोरी दिव्यालाई मुख्य भूमिकाको लागि प्रस्ताव राखेका छन्। अमेरिकामा रहेकी दिलीपकी छोरी अभिनयमा इच्छुक रहेको तर अहिल्यै अभिनय गर्ने कि नगर्ने भन्नेबारे उनले निर्णय दिन बाँकी छ।