‘चर्चाका लागी उपद्रो गर्दिन’: गीतकार सिन्चुरी सुरेश घमाल

गोपिकृष्ण चापागाईं/असार, काठमाडौं ।

‘‘शिव परियारले गाएको ‘सबैले मलाई घृणा गरेपनि तिमीलाई वाहा वाहा गरुन्’बोलको गीतबाट सुरेशको थप चर्चा बढ्यो । त्यसपछि उनले थुप्रै गीत लेख्ने अवसर पाए ।’’

कुनै पनि गीतले लोकप्रियता कमाउँदा त्यस गीतको गायकको बढि चर्चा भएको पाउँछौं। तर त्यो गीत गाउने गायक भन्दा पछाडि अरुको पनि महत्वपुर्ण भूमिका हुन्छ भन्ने कमै स्रोतालाई थाहा हुन्छ। गीतको भिडियो र गायकको जतिनै चर्चा हुन्छ त्यतिकै महत्वपुर्ण भूमिका गीत लेख्ने सर्जक अर्थात गीतकारको पनि हुन्छ। गीतकारले शब्द रजना गरेपछि संगीतकारले संगीत भरेपछि मात्र गायकले गीत गाउने हुन् त्यसैले एकगीत पुर्णहुनका लागी गीतकारको पाइला पहिलो हुन्छ।

यसैबिच नेपाली गीतसंगीतको क्षेत्रमा दर्शक तथा स्रोता माझ निकै चर्चित हुन नसकेपनि केहि दर्शक र सर्जकहरुमाझ लोकप्रिय बनेका छन् गीतकार सिन्चुरी सुरेश घमाल । गीतसंगीतको क्षेत्रमा थोरै शब्द रचना गरेपछि उनका गीत लोकप्रिय छन् । सुरेशले बिशेषगरी छोटो समयमा अत्यधिक चर्चामा आउने भन्दा पनि दीर्घकालिन गीत लेखनमा बढी जोड दिन्छन्। उनले लेखेका गीत मध्ये दर्जन गीत बजारमा सार्वजनिक भइसकेका छन् । जसमा केहि निकै लोकप्रिय पनि छन्।

गायक शिव परियारको स्वरमा रहेको ‘सबैले मलाई घृणा गरेपनि तिमीलाई वाहा वाहा गरुन्’बोलको गीत निकै चर्चामा आएको गीत हो । दीपक शर्माले संगीत भरेको यो गीत सुरेशले नै लेखेका हुन्। उनको यो गीत जब सार्वजनिक भयो चर्चा बटुल्न थाल्यो। गीतको चर्चासँगै गीतकार सुरेशको पनि चर्चा उत्तिकै भयो । त्यसपछि उनले धेरै गीत पनि लेख्ने अवसर पाए । उनले लेखेका ‘एक नदी, प्रेमको हत्या, अधुरो अधुरो, सायद महलको, सबैले मलाई, भुली दे, न हेरन यसरी’ बोलको गीत सार्वजनिक भइसकेका छन् । निकै चचिर्त रेडियो कार्यक्रम ‘बहकिने मन’मा बज्ने ‘कहिले सितल झैं’ बोलको गीत पनि सुरेशले नै लेखेका हुन् । उक्त गीतमा उनलाई गीत लेखनमा रेशम सिरिजले साथ दिएका छन् । गीतमा कुमार गुरुङको स्वर तथा संगीत छ । प्रस्तोता महाबिर बिश्वकर्माले सञ्चालन गर्ने ‘बहकिने मन’ रेडियो कार्यक्रम थाहासञ्चार रेडियो नेटवर्कबाट देशभरका करिब सय रेडियोबाट एकसाथ प्रसारण हुन्छ । पछिल्लो समय एकदुई गीत लेखेरै चर्चामा आउनले गीतकार धेरै छन्। झट्ट सुन्दा रमाइलो र केहि उर्छिन्खल तथा चर्चाका लागी मसलेदार शब्द (उपद्रो) लेखेर चर्चामा आउन नसक्ने सुरेशको भनाई छ । ‘म शब्द रचनामा बस्दा मनले नै मान्दैन कि चटपटे बनाएर तथा अलिअलि उपद्रो गरेर गीत चलाउँ भन्ने । सुरुदेखी नै भावपुर्ण गीत लेखनबाट अगाडी बढेको भएर होला अहिले बजारमा चलेका गीतको लाइनमा म बस्न सकिन।’‘स्रोताले गीत सुन्दा छुट्टै आनन्द मिलोस् भन्ने चाहान्छु ।’गीत निकै चर्चामा आउँदा पनि गीतकारलाई धेरैनै चिन्दैनन् नि ? केहिले काँही चित्त दुख्दैन ? भन्ने हाम्रो प्रश्नमा सुरेश भन्छन् ‘आफू गीतकार हुँ । बाहिर देखिने र सुनिनेको नाम दर्शक तथा स्रोतामा सहजै थाहा हुन्छ भन्ने पहिले देखीनै माइन्ड मेकअप हुन्छ त्यसैले होला आफू चर्चामा नआएपनि यस्तै हो सबै गीतकार भन्ने लाग्छ। तर आफ्नो नाम चलोस्, अरुले चिनोस् भन्ने चाहाना त कसलाई पो हुँदैन होला र।’सुरेशको गीतको डायरीमा अहिले हजार भन्दा बढी गीत छन्। कसैले अफर गर्ने बित्तिकै उनीहरुको चाहाना अनुसारको गीत सुनाउने गर्छन्।

यो समाचार आजको हिमालय टाइम्स दैनिकमा प्रकाशित छ ।