‘द डार्क एण्ड लाईट’को गीतसँगै ट्रेलर सार्वजनिक

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘द डार्क एण्ड लाईट’ को ट्रेलर र गीत सार्वजनिक गरिएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको ट्रेलरले चलचित्रको केहि अंश बोल्छ। खालिङ्ग सिस्टर्स मूभिज प्रा.लि. को व्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक ‘राधा किसन’ गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत तथा डेविड शंकर र सरस्वती भूजेलको स्वर रहेको छ। चलचित्रको कथा, पटकथा तथा संवाद पिटर खालिङ राईले लेखेका हुन्। पिटर र स्वरस्वतीको संयुक्त लगानीमा तयार भएको फिल्मलाई राजु अर्यालले निर्देशन गरेका हुन्।

गीत तथा ट्रेलर रिलिज समारोहमा बोल्दै गीतकार राजेन्द्र थापाले भने, ‘कतिपय मैले लेखेका गीत गायिका वा फिल्म टिमको व्यक्तिसँग ठ्याक्कै मिल्न पुगेको घटना छ। ४५ वर्ष अघि लेखेको गीत पोहोर साल खुसी फाट्दामा अरुणा लामाले स्वर दिनुभयो। पछि उहाँको जीवनमा पनि त्यस्तै घटना घट्यो । अहिले फिल्मका निर्माता पिटर जिको पनि गीतमा भने जस्तै पारिवारिक काण्डले कमिसन दिनुपर्ने अवस्था आइपरेको छ।’ संगीतकार दीपक शर्माले गीत राम्रो बनाउने कोसिस गरेको बताए। यता फिल्म लेखन, निर्माण तथा अभिनयको पाटो सम्हालेका पिटर खालिङले ‘डार्क एण्ड लाईट’ हरेक व्यक्तिको जीवनमा मेल खाने बताए। यता गायिकाबाट निर्मात्री बनेकी सरस्वतीले फिल्ममा समावेश ‘राधा किसन’ जस्तो गीत नेपालको कुनै गायिकाले गाउन नसक्ने दाबी गरिन्। फिल्ममा आफू बोल्ड नेगेटिभ चरित्रमा रहेको खुलासा गरिन्। चलचित्रमा पिटर खालिङ, सरस्वती भूजेल, शेसुका राई, मरिष्का पोखरेल, मनिल तामाङ लगायतका कलाकारको अभिनय रहेको छ। खेलाडी समेत रहेकी शेसुका फिल्ममा एक्सन अवतारमा देखिएकी छिन्। निर्माण यूनिटले यो चलचित्र एक्सन लभस्टोरी जनरामा केन्द्रित रहेको जानकारी दियो। चलचित्रमा सुवास देवकोटाको सम्पादन, कमल राईको नृत्य निर्देशन तथा सविन भट्टराईको छायांकन रहेको छ।

song: