‘सानो मन’ गीतमा भावुक शिल्पा (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

हाल प्रर्दशन भइरहेको चलचित्र ‘सानो मन’को एक गीत युटयुबमा सार्वजनिक भएको छ। ‘कस्तो माया बोलको गीतमा निकिता थापाले एक्लै आवाज दिएकी छिन्। चलचित्रमा गायिकाको भूमिकामा रहेकी नायिका शिल्पा मास्केले स्टेनमा खडा भई भावुक हुदै यो गीत गाइरहेक छिन्। सुयोग सोताङ्ग आफ्नै शब्दमा संगीत भरेको यस गीतको भिडियोमा शिल्पाले चलचित्रका मुख्य नायक आयुष्मान देशराजलाई सम्झिदैँ भवनामा डुबेर गीत गाएको देख्न सकिन्छ। ‘सानो मन’ असार २७ बाट प्रदर्शनमा आएको हो । यस चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ तर चलचित्रले सोचेको जस्तो व्यापार भने गर्न सकिरहेको छैन ।

सुयोग गुरुङले निर्देशन गरेको यस चलचित्रमा आयुष्मान र शिल्पाको जोडीलाई रुचाईएको छ। यसै चलचित्रबाट निर्देशक गुरुङ्ग निर्देशनमा आएका हुन्। चलचित्रको संगीत पक्षले पनि राम्रो तारिफ पाएको छ । बेला बेला हाँस्ने दर्शकहरु चलचित्रको अन्त्यसम्म आईपुग्दा भावुक बनेका छन्। ‘म्यूजिकल लभ स्टोरी’चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल,विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ। सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रमा समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ। ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो चलचित्र निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के.मित्तल र राजेन्द्र मानन्धर हुन् । चलचित्रका मुख्य सहायक निर्देशक रित बोहरा हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन्।

song: