आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

बिहीबार साम्राज्ञीले सामाजिक संजाल इन्स्टाग्राममा एक मस्ती मुडमा रहेको फोटो सार्वजनिक गरेकी थिइन्। हाल इन्डोनेशियाको बालीमा पुगेकी उनी समुन्द्र किनारमा रातो विकिनीमा मस्ती मुडमा देखिएकी थिइन्। दुइ चलचित्र ‘मारुनी र रातो टिका निधारमा’को छायांकन सकेर इन्डोनेशियाको बालीमा रमाइलो गर्दै गरेकी साम्राज्ञीको यतिबेला केही प्रेमीसंगको इन्टिमेट तस्बिरले सामाजिक संजाल निकै तातेको छ। तस्बिरले चर्को आलोचना खप्नुपरेको छ। आफ्ना प्रेमीसंग चुम्बन गर्दै मस्ती मुडमा रहेकी साम्राज्ञीको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि निकै भइरहेको छ।

यसअघि उनको छातीको ट्याटुवाला तस्बिर सार्वजनिक हुदाँ उक्त तस्बिरले पनि निकै आलोचना खप्नुपरेको थियो । चलचित्र ‘कायरा’को छायांकनको क्रमममा उनले ट्याटु खोपाएकी थिइन्। एक स्थापित कलाकार भइसकेपछि उनले प्रेमीसंग छातीमा चुम्बन गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दा उनको दर्शकले मात्र नभएर चलचित्रकर्मी हरुले समेत चर्को आलोचना गरेका छन् ।

५ श्रावण २०७६, आईतवार ०६:२४