‘कबड्डी कबड्डी कबड्डी’को ‘दुबो फूल्यो’माथि उत्कृष्ट कभर भिडियो बनाउनेलाई यति धेरै रकम..

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

हिट चलचित्र ‘कबड्डी’को तेस्रो सिक्वेलको रुपमा निर्माण भएको यस वर्षको प्रतिक्षीत चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत सार्वजनिक गरिएको छ। लोकलयमा आधारीत ‘दुबो फूल्यो’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो।यसअघि चलचित्र निर्माण टिमले टीजर सार्वजनिक गरिसकेको छ। टीजरबाट सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण टिम थप खुसी देखिन्छ। अहिले सार्वजनिक गीतमा एसडी योगीको संगीत रहेको छ भने शब्द हर्क साउदले लेखेका हुन्। गीतमा गायक हेमन्त राना र रितिका श्रेष्ठले आवाज भरेका छन्। गीतको निर्देशन रेनशा वान्तवा राईले गरेकी हुन् भने कोरियोग्राफी वाइल्ड रिपर्ज ग्रुपको छ ।

गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई फिचर्ड छन् । बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराललगायत कलाकारहरुलाई पनि गीतको भिडियोमा अटाइएको छ । निर्माण टिमले यही गीतमाथि कभर भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ । पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १ लाख, ७५ हजार र ५१ हजार रुपैयाँ पुरस्कार छ । सार्वजनिक गीतको अडियो र भिडियो दुबै उत्कृष्ट बनेको छ। रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रले स्वजातिय विवाह र अन्तर्जा्तिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको छ।  यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । यो चलचित्र बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो। शैलेन्द्र डि. कार्कीले खिचेको चलचित्रमा रिश्मा गुरुङ, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । यसको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन्। चलचित्र आउँदो भदौ १३ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ।

Song: