‘दुबो फुल्यो’ गीतलाई चोरीको आरोप

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा समावेश ‘दुबो फुल्यो’ बोलको गीत सार्वजनिक भएसँगै चोरीको आरोप लाग्यो । गीतको संगीत चोरी गरेको आरोप लागेपछि उब्जिएको विवाद समाधानतर्फ कलाकारहरु लागेका छन् । संगीतकार आलोक श्रीले आफ्नो गीत ‘कहिले फोटो सिरानीमा’ गीतसँग मिलेको दाबी गर्दै चोरिएको बताएका थिए ।

फुल्यो गीतको दुई लाइन हुबहु आफ्नो गीतसँग मिलेको आलोकले बताएका छन् । यसैबिच गीत चोरीको आरोप लागेपछि निर्देशक रामबाबु गुरुङ, संगीतकार एसडी योगी, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा लगायतको टिमले आलोक श्रीसँग छलफल गरेको छ । लामो छलफलपछि उनीहरु सहमति नजिक पुगेका छन् । कबड्डीका संगीतकार एसडी योगीले आफू उक्त गीतबाट प्रभावित भएको स्वीकारेपछि सहमतिको ढोका खुलेको हो ।

गीतको यूट्यूव भिडियोमा संगीतकारमा आलोक श्री र एसडी दुवैको नाम राख्न चलचित्र निर्माण पक्ष तयार भएको छ । तर, आलोक श्रीले केही क्षतिपूर्तिको पनि माग गरेका छन् । तर कति दिने भन्नेमा टुंगा लागेको छैन । आलोकले आफूले पाँचलाख क्षतिपुर्ति माग्ने बुझिएको छ ।