ईशाबिरुद्ध माहानीको मुद्दा

मुम्बई/(एजेन्सी)।

बलिउड अभिनेत्री ईशा गुप्ता बिरुद्ध दिल्लीका एक होटल मालिकले मानहानीको मुद्दा दर्ता गरेका छन्। यसअघि ईशाको नयाँ चलचित्र ‘वन डे अस्टिस डेलिभर’ प्रदर्शनमा आएको थियो। सोही अवसरमा उनी आफ्नो चलचित्रको खुसियाली मनाउन साथीहरुसँग होटल पुगेकी थिइन्। यसैबीच ईशाले होटल मालिकले आफूमाथि दुब्र्यवहार गरेको आरोप लगाएकी थिइन्। होटल मालिकले ईशाले भनेका कुरा गलत र आपत्तिजनक भएको भन्दै मानिसहरुले आफ्नो चरित्रमाथि प्रश्न उठाएको भन्दै ईशाविरुद्धमा मानहानीको मुद्दा दर्ता गराएको भारतीय मिडियामा उल्लेख छ।

भारतीय दण्डसंहिताको धारा ४९९ र ५०० अन्तर्गत होटल मालिकले दिल्लीको साकेट कोर्टमा मानहानीको केश दर्ता गराएका हुन्। अगस्ट २८ मा दुबै पक्षलाई बयानको लागि कोर्टमा बोलाइएको दैनिक भास्करमा उल्लेख गरेको छ। ईशाले ६ जुलाईमा सामाजिक सञ्जाल मार्फत रोहित विज नामक होटल मालिकले आफूलाई घुरेको आरोप लगाएकी थिइन्। उनले ट्वीटरमा लेखेकी थिइन् ‘जब म जस्ता महिला त असुरक्षित महसुस गर्छन् भने थाहा छैन् आम युवतीहरुको झन् के हाल हुन्छ होला। रोहितलाई सजाय दिनैपर्छ। उनी जस्तो पुरुषले गर्दा महिलाहरु आफूलाई एकदम असुरक्षित महसुस गरिरहेका छन्। तिमी मलाई नराम्रो नजरले घुरिरहेका थियौ।’ ईशालाई लागेको थियो रोहितले उनको बलात्कार नै गर्छन्।