हलमा ‘सुपर गोर्खे’ र ‘एकलव्य’सँगै ‘जजमेन्टल हे क्या ? प्रदर्शनमा

आर्टिष्ट खबर/साउन,काठमाडौं ।

साउन दश गते शुक्रबारबाट हलमा दुई नेपाली चलचित्र ‘सुपर गोर्खे’ र ‘एकलव्य’ प्रदर्शनमा आएका छन्। दुई नेपाली चलचित्रसँगै हलमा कंगनाको बलिउड चलचित्र ‘जजमेन्टल हे क्या ?’ पनि सँगै प्रदर्शनमा आएको छ । राज थापाको निर्देशन रहेको ‘सुपर गोर्खे’मा उनकी श्रीमती नायिका ऋचा सिंह ठकुरीको मुख्य अभिनय रहेको छ। उनी चलचित्रकी निर्मात्री समेत हुन्। चलचित्रमा इश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी छ। सौरभ लामाको छायांकन र बनिश शाह र सालिक दुलालको  सम्पादनमा तयार भएको चलचित्रमा ऋचा सिंह ठकुरीसँगै  सुरज सिंह ठकुरी,भूपेन्द्र क्षेत्री, भानु बिष्ट, सचिन केसी,उत्तम बिष्ट, मनोज राइ र निराजन लुइटेललगायतको मुख्य भूमिका रहेको छ। हिट चलचित्र ‘नाई नभन्नु ल’ बाट चलचित्रमा डेब्यू गरेकी नायिका ऋचा सिंह ठकुरी राजनसँग बिवाह गरिसकेपछि हाल चलचित्र क्षेत्रबाट टाढै रहदै आएकी थिइन्।

समाजका बिभिन्न बिकृतीलाई समेटिएको अर्को चलचित्र ‘एकलव्य’लाई अनमोल शर्माले निर्देशन गरेका हुन्। लभस्टोरी फ्लेवरको चलचित्रमा राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरको संयुक्त लगानी रहेको छ। कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी रहेको चलचित्रमा ओसन भट्टराई, पुष्कर राउत, सोनाम थापामगर, शुशिल पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुन लगायतको मुख्य भूमिका रहेको छ। चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।