सहिमाको ‘हर हर महादेव’: नीताको ठुम्का

आर्टिष्ट खबर/ साउन, काठमाण्डौ।

तीज पर्वलाई लक्षित गर्दै गायिका सहिमा श्रैष्ठले ‘हर हर महादेव’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेकी छिन् । गएको शनिबार राजधानीको शंकर होटलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरियो । गीतमा चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत र अमर वान्तुले शब्द सृजेका छन् ।

कृष्ण पुनको एरेञ्ज रहेको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना प्रमुख फिचर्ड छिन् । उनीसँगै गायिका श्रेष्ठले पनि गीतमा ठुम्का लगाएकी छन् । सुयोग्य पति माग्दै हरेक वर्ष तिजमा व्रत बसेको युवतीको कथा गीतमा उतारिएको छ । गीतको भिडियोमा अभिनेत्री पवित्रा आचार्यको एक्सन कट छ भने उनकै कोरियोग्राफी छ ।

सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई दिव्य सुवेदीले खिचेका हुन् । गीतमा नृत्य गर्ने कलाकारलाई सिल्क फेशनले पहिरन उपलब्ध गराएको छ । शनिवार राजधानीमा रात्रिभोज सहितको एक कार्यक्रमको आयोजना गर्दै तीज गीतसँगै आधुनिक गीति संग्रह ुअमर भावना २ुको विमोचन गरिएको थियो । कार्यक्रममा उक्त एल्बममा समावेश एक आधुनिक गीतको भिडियो समेत देखाईएको थियो । हाल तीज गीतलाई मात्र इन्टरनेटमा रिलीज गरिएको छ भने आधुनिक गीत भने केहि दिनमा सार्वजनिक गरिने बताईएको छ । बसन्त निरौलाको निर्देशन तथा पवित्रा आचार्यको कोरियोग्राफी रहेको ुतिम्रो शहरु बोलको गीतमा गायिका सहिमा श्रेष्ठको स्वर तथा दिपक शर्माको संगीत छ भने गीतकार अमर वान्तुका शब्द छन् । गीतको भिडियोमा नायक अनुप बिक्रम शाही र नायिका आँचल शर्माको अभिनय छ ।

विमोचन समारोहमा पूर्वमन्त्री एवं गीतकार एस.पि. कोईराला प्रमूख अतिथी थिए भने बरिष्ठ गीतकार राजेन्द्र थापा, चलचित्र निर्देशक दिपाश्री निरौला लगायतका व्यक्तित्वहरुको साथै संचारकर्मीहरुको उपस्थिती थियो ।