कवि रत्न शमशेर थापा तथा समाजसेवी सगुन शाह सम्मानीत

आर्टिष्ट खबर/ साउन, काठमाण्डौ।

कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले बिगतका बर्षमा जस्तै यस वर्ष पनि दुई व्यक्तित्वलाई सम्मान गरेको छ। शनिबार आयोजित कार्यक्रममा गीतकार तथा कवि रत्नशमशेर थापा तथा समाजसेवी सगुन शाहलाई आ-आफ्नो क्षेत्रमा उल्लेख्य योगदान पुर्याए बापत सम्मान गरियो। उनीहरुलाई प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सम्मान सहित अभिनन्दन पत्र प्रदान गरेकी थिइन्। नेपाली गीत संगीत र साहित्यका विधामा विशेष योगदान दिए बापत गुठीले विशेष अभिनन्दन गरेको हो। त्यस्तै विभिन्न सामाजिक संस्थाहरूमा संलग्न भई समाजसेवामा निरन्तर क्रियाशील सगुन शाहलाई पनि अभिनन्दन गरेको हो । गीतकार रत्नशमशेर थापाद्वारा लेखिएका दर्जनौ कालजयी गीत आज पनि नेपाली संगीतका स्रोताको मन मष्तिष्कमा ताजा छन्।

कर्मयोगी बद्रीविक्रम थापा जन्म स्मृतिसभामा गुठीले गुठीका अध्यक्षसमेत रहेका शताब्दी पुरुष सत्यमोहन जोशीलाई विशेष अभिनन्दन गरेको छ। जोशीलाई उनी एक सय वर्ष प्रवेश गरेको अवसरमा विशेष अभिनन्दन गरिएको गुठीका पदाधिकारी किरण थापाले बताए । कार्यक्रममा गुठीले वार्षिकरुपमा प्रकाशित गर्दै आएको स्मारिका ‘सेवा नेपाल – २०७६’को ‘सत्यमोहन जोशी विशेषाङ्क’, ‘कृतिविम्बमा सत्यमोहन जोशी’ तथा अर्थ तुलाधरद्वारा लिखित ‘अवलोकेश्वर करुणामय रातो मत्स्येन्द्रनाथ’ पनि सार्वजनिक गरियो। सो अवसरमा ‘बद्री विक्रम चरित्र निर्माण पुरस्कार’ हिन्दुविद्या पीठ, दाङकी छात्रा प्रतिभा चौधरीलाई प्रदान गरियो।